No ads found for this position

धनुषामा एकै गाउँका पाँच बालिकाको डुबेर मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ २८ गते १४:५६
No ads found for this position
धनुषामा एकै गाउँका पाँच बालिकाको डुबेर मृत्यु
No ads found for this position

जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहरनियामा आज पाँच बालिकाको पानीमा डुबेर मृत्यु भएको छ ।

जिल्लाको दक्षिणी भेग नेपाल–भारतको सिमानामा पर्ने मुखियापट्टी मुसहरनिया गाउँपालिका–६ स्थित एकै गाउँका पाँच बालिकाको पोखरीमा डुबेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, योगेन्द्र भगतकी १० वर्षीया छोरी चन्द्राकुमारी, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मन्जु, जगरनाथ ठाकुरकी १२ वर्षीया नातनी चाँदनी र उत्तिम साहकी १२ वर्षीया छोरी ललिता रहेको प्रहरीले जनाएको छ ।

स्थायनीय हुलास यादवको खेतमा खनिएको करिब नौ फिट गहिरो पोखरीमा पौडी खेल्ने क्रममा डुबेर उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ जेठ २८ गते १४:५६
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI