३१ सांसदसहित मुख्यमन्त्री दावी गर्न प्रदेश प्रमुखको निवास पुगे नेपाली, मनाङे पनि उपस्थित

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ २८ गते १७:३१
३१ सांसदसहित मुख्यमन्त्री दावी गर्न प्रदेश प्रमुखको निवास पुगे नेपाली, मनाङे पनि उपस्थित

पोखरा — गण्डकी प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली आफूलाई मुख्यमन्त्री नियुक्ति गर्न माग गर्दै ३१ सांसदसहित प्रदेश प्रमुखको निवास पुगेका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा ५ अनुसार बहुमतको आधार प्रस्तुत गर्न आह्वान गरेपछि नेपाली बहुमत सांसद सहित पुगेका हुन् । ।

मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले विश्वासको मत नपाएपछि प्रदेश प्रमुखले वैकल्पिक सरकार गठन आह्वान गरेकी थिइन् । गुरुङलाई मत दिन अनुपस्थित रहेका स्वतन्त्र सांसद दीपक मनाङे पनि विपक्षी गठबन्धनका साथ प्रदेश प्रमुख निवास पुगेका छन् । मुख्यमन्त्री गुरुङले प्रदेश सभा नै भंग गर्न लागेको भन्दै उनले सभा जोगाउन आफूले विपक्षीलाई सहयोग गर्ने घोषणा गरेका थिए ।

नेपालीलाई कांग्रेस, माओवादी, जसपा र राजमोले समर्थन गरेका छन् । ६० सदस्यीय प्रदेश सभामा ३१ सांसदको समर्थन पाएका नेपाली मुख्यमन्त्री बन्ने प्राय: निश्चित छ ।

 

 

प्रकाशित : २०७८ जेठ २८ गते १७:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI