No ads found for this position

गण्डकीमा आज नयाँ सरकार नबन्ने

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ २८ गते १९:२९
No ads found for this position
गण्डकीमा आज नयाँ सरकार नबन्ने
No ads found for this position

पोखरा । गण्डकीमा वैकल्पिक सरकार गठनका लागि विपक्षी दलहरु प्रदेश प्रमुख समक्ष ३१ जनाको हस्ताक्षर बुझाएर सनाखत गरे पनि आज नयाँ सरकार नबन्ने भएको छ ।

हस्ताक्षर बुझिसकेपछि प्रदेश प्रमुख सीताकुमार पौडेलले आफूले भोलि दिउँसो ३ बजेसम्मको समयसीमा तोकेको र कानुन वमोजिम नै जाने बताएकी छन् ।

उनले भनिन्, ‘आवश्यक परे म तपाईंहरुलाई बोलाउँछु, मैले संविधान वमोजिम नै काम गर्ने हो ।’

सरकारका निर्माणका लागि चाहिने ३१ जना सांसद नै भौतिक रुपमा उपस्थित भएर प्रतिपक्षी दलका सांसदहरुले फेरि हस्ताक्षर गरेका हुन् । हस्ताक्षर नक्कली हो भनेर फेरि सत्ता पक्षकाले दाबी गरे भने त्यसैको प्रमाणका लागि उनीहरुले सनाखत गर्नु परेको हो ।

प्रदेश प्रमुखले भोलि दिउँसो ३ बजेसम्मको समय तोकेर आह्वान गरे पनि बहुमत सदस्य (३१) सहित आजै उपस्थित भएर बुझाइएको कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बताए ।

प्रदेश प्रमुखले संविधानको धारा १६८(५) बमोजिम सरकार गठनका लागि २४ घन्टाको समय दिएर दावी पेस गर्न आजै आह्वान गरेकी थिइन् ।

विपक्षी गठबन्धनमा कांग्रेसका १५, माओवादीका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङे छन् ।

प्रदेश सभामा हिजो मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनको पहल सुरु भएको हो । मुख्यमन्त्रीले २७ मत ल्याउँदा विपक्षीले ३० मत प्राप्त गरेका थिए ।

प्रकाशित : २०७८ जेठ २८ गते १९:२९
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI