No ads found for this position

मौसम बुलेटिन : आज यी प्रदेशमा हुनेछ भारी वर्षा

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ २९ गते ८:३७
No ads found for this position
मौसम बुलेटिन : आज यी प्रदेशमा हुनेछ भारी वर्षा
No ads found for this position

काठमाडौँ । नेपालमा शुक्रबारदेखि मनसुन भित्रिएपछि धेरै ठाउँमा वर्षा भइरहेको छ भने यो क्रम बढ्दै गएको छ । आज शनिबार पनि बिहानैदेखि मुलुकका विभिन्न स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शनिबार देशका धेरै स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ । तर गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ । राति पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ भने प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले वर्षाका कारण बाढी–पहिरो र डुबान हुनसक्ने भन्दै सतर्कता अपनाउन आग्रह समेत गरेको छ । यस वर्ष औसतभन्दा बढी वर्षा हुने पूर्वानुमान गरिएको छ ।

प्रकाशित : २०७८ जेठ २९ गते ८:३७
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI