बहुमतलाई सरकार बनाउन नदिएर प्रदेश प्रमुखले अराजकता मच्चाउने काम गर्नुभयो : नेपाली

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ २९ गते १७:०९
बहुमतलाई सरकार बनाउन नदिएर प्रदेश प्रमुखले अराजकता मच्चाउने काम गर्नुभयो : नेपाली

काठमाडौँ — ३१ सांसदको बहुमतसहित मुख्यमन्त्री दावी गरेका गण्डकी कांग्रेसका नेता कृष्णचन्द्र पोखरेलले संविधानअनुसार बहुमत सांसद उपस्थित गराउँदा पनि आफूलाई नियुक्त नगरेर प्रदेश प्रमुखले अराजकता मच्चाएको बताएका छन् ।

शुक्रबार ३१ सांसदसहित पोखरेल प्रदेश प्रमुख निवासमा पुगेका थिए । तर, प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार ३ बजेसम्मको समय दिएकाले शनिबार नै निर्णय गर्ने बताएकी थिइन् ।

शनिबार समय सीमा सकिनु केहीअघि एमालेका पृथ्वी सुव्वा गुरुङले पनि बहुमत दावी गर्दै पत्र बुझाएपछि पोखराको राजनीतिले काठमाडौंकै बाटो समातेको हो । गुरुङले जसपाको प्रदेश कमिटी र राजमोले कारबाही गरेका सांसदको पत्रसमेत बुहमत दावी गरेपछि प्रदेश प्रमुखले कसैलाई नियुक्त गरेकी छैनन् ।

‘यो त प्रदेश प्रमुखको षड्यन्त्र भयो । प्रदेशको प्रमुखले नै संविधान नमानी यस्तो अराजकता मच्चाउन मिल्छ ? यो त संविधान च्यात्ने काम भएको छ,’ पोखरेलले कान्तिपुरसँग भने । उनले केन्द्रकै षडयन्त्र गण्डकीमा पनि दोहोर्याउन लागिएको भन्दै आपत्ति जनाएका छन् ।

उनले गुरुङले पनि दावी गरेको सुन्नमा आएको तर आधिकारिक जानकारी नआएको बताए । ‘त्यत्रा सांसद उपस्थित भएर हस्ताक्षर बुझाएपछि बोलाउनु पर्दैन ?’ उनले भने ।

अहिले विपक्षी गठबन्धनका सांसदहरु प्रदेश प्रमुखको निवासअगाडि धर्नामा बसेका छन् ।

प्रकाशित : २०७८ जेठ २९ गते १७:०९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI