गण्डकी प्रदेश सरकारकाे नीति तथा कार्यक्रम काेभिड लक्षित

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ ३१ गते १६:१५
गण्डकी प्रदेश सरकारकाे नीति तथा कार्यक्रम काेभिड लक्षित

पोखरा — गण्डकी प्रदेश सरकारले सामबार ल्याएकाे नीति तथा कार्यक्रममा काेभिड १९ लाई प्राथमिकता दिएकाे छ । काेभिडका कारण सिर्जित समस्या समाधानमा पहल गर्ने, प्रदेशका सबै नागरिकलाई काेराेना विरूद्वकाे खाेप लगाउने, काेराेना संक्रमितकाे उपचार प्रभावकारी बनाउने, काेभिडका कारणा बाबुआमा गुमाएका बालबालिका र काेभिडबाट आफन्त गुमाएका परिवारलाई नगद राहतकाे व्यवस्था गरिने भएकाे छ । यसैगरी, काेभिडका कारण पर्यटन र कृषिमा परेकाे समस्या सम्बाेधन गरिने, सरूवा राेग अस्पताल प्रभावकारी बनाउने र ५० शय्याका सबै अस्पतालमा आँखा उपचारकाे व्यवस्था गरिने । महिलाकाे स्तन, पाठेघर र आङ खस्ने समस्याको पहिचान गरि नि:शुल्क उपचारकाे व्यवस्था गरिनेछ ।

प्रकाशित : २०७८ जेठ ३१ गते १६:१५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI