एक साता भारी वर्षा हुने, सचेत रहन आग्रह

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार १ गते १४:१४
एक साता भारी वर्षा हुने, सचेत रहन आग्रह

काठमाडौँ, १ असार । जल तथा मौसम पूर्वानुमान शाखाले नेपालमा मनसुन भित्रिएको भन्दै यो साता भारी बर्षा हुने जनाएको छ ।

भारी वर्षा हुने अनुमान गर्दै मौसमविदहरुले सचेत रहन आग्रह गरेका छन् ।

मौसमविदहरुका अनुसार भारतको झार खण्डमा बर्षा गराउने न्यून चापीय प्रणालीको विकास भएको त्यो नेपालको पश्चिमी मागमा सर्दै आएकोले नेपालको पश्चिमी भागमा भारी बर्षा हुन सक्ने जनाइएको छ ।

त्यस्तै, यो साताबाट देशभरी मनसुन फैलिएको र निरन्तर बर्षा हुने भएकोले नदी आसपास रहनेले सचेत हुनुपर्ने बताइएको छ ।

यतिबेला देशभर देशभर सामान्य देखि पूर्ण बदली भई गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ । प्रदेश २ को थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षा भइरहेको छ ।

आज दिनभर देशभर सामान्य देखि पूर्ण बदली रहने र देशका धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुनेछ । प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरुमा भारी बर्षाको सम्भावना छ ।

अहिले देशका अधिकांश जिल्लाहरुमा पानी परिरहेको छ ।

प्रकाशित : २०७८ असार १ गते १४:१४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI