No ads found for this position

रुपन्देहीको देवदहमा पूर्व पश्चिम राजमार्ग अवरुद्ध

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार १ गते १५:१९
No ads found for this position
रुपन्देहीको देवदहमा पूर्व पश्चिम राजमार्ग अवरुद्ध
No ads found for this position

बुटवल । रुपन्देहीको देवदहमा चरंगे खोलामा आएको बाढीले सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

बुटवल धागो कारखाना र तिलोत्तमाको गणेशनगर फायरलाइन चोकको बीचमा पर्ने चरंगे खोलामा बनाइएको डाइभर्सन अविरल वर्षापछि आएको बाढीले भासिँदा राजमार्ग अवरुद्ध भएको हो । सडक भासिएपछि गन्तव्यमा सवारी साधन सडकको दुबैतर्फ रोकिएका छन् । मध्यान्ह साढे १२ बजेदेखि अवरुद्ध भएको राजमार्ग मंगलबार दिनभर खुल्ने सम्भावना नरहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डीएसपी डिल्लीनारायण पाण्डेले बताए ।

बुटवल–नारायणगढ सडक विस्तारको क्रममा सो ठाउँको कल्भर्ट पुल भत्काएर चार लेनको पुल बनाउन डाइभर्सन बनाइएको थियो ।

‘वर्षा नरोकिएकाले आज दिनभर राजमार्ग खुल्ने संभावना छैन’ डीएसपी पाण्डेले भने । लामो दूरीका सवारी साधनहरु बुटवल–मणिग्राम–देवदह मार्ग वा बुटवल–भैरहवा–भुमही मार्ग हुँदै गन्तव्यमा जान सक्ने ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ असार १ गते १५:१९
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI