कोरोनाबाट मृतकको परिवारलाई ५० हजार, सन्तानलाई ५ हजार भत्ता

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार १ गते १६:४२
कोरोनाबाट मृतकको परिवारलाई ५० हजार, सन्तानलाई ५ हजार भत्ता

पोखरा । गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु भएकाको परिवारलाई प्रदेश सरकारले ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आउँदो वर्षको बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् ।

मुख्यमन्त्री पोखरेलले कोरोना संक्रमण भएर मृत्यु भएका अभिभावकका सन्तानलाई ५ हजार रुपैयाँ मासिक भत्ता उपलब्ध गराउने घोषणा पनि गरे ।

अहिलेसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ८ सय हाराहारी जनाले ज्यान गुमाएका छन् । तर सरकारले ल्याएको बजेट भने आउँदो आर्थिक वर्षका लागि हो ।

प्रकाशित : २०७८ असार १ गते १६:४२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI