धौबादी फलाम खानीमा प्रदेश सरकारले लगानी गर्ने

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार १ गते १६:४९
धौबादी फलाम खानीमा प्रदेश सरकारले लगानी गर्ने

गण्डकी प्रदेश सरकारले धौबादी फलाम खानीमा लगानी गर्ने भएको छ । यसका लागि बजेट विनियोजन गरिएको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताए ।

आगामी आर्थिक वर्षको बजेट भाषणमा पोखरेलले यसलाई समावेश गरेका हुन् ।

यस्तै नेपाल सरकारसँगको समन्वयमा कास्कीको पुँडिटार, तनहुँको घारी र नवलपुरको लोकाहा खोलामा आद्योगिक क्षेत्र बनाउन बजेट विनियोजन गरिएको पोखरेलले बताए ।

प्राकृतिक स्रोत तथा ढुंगाा, गिट्टि, बालुवा उत्खननलाई नियमन गरिने मुख्यमन्त्री पोखरेलले बताए ।

प्रकाशित : २०७८ असार १ गते १६:४९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI