मेलम्ची र इन्द्रवतीको बाढीले ५० जना बेपत्ताको आशंका, १० पक्की पुल बगायो

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार २ गते ६:३७
मेलम्ची र इन्द्रवतीको बाढीले ५० जना बेपत्ताको आशंका, १० पक्की पुल बगायो

काठमाडौं । मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले ५० जनाभन्दा बढी बेपत्ता बनाएको छ । मेलम्ची खानेपानीको तिम्बुमा रहेको बाँध ध्वस्त बनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा त्यस क्षेत्रका सांसद शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार बगरमा परिणत भएको छ ।

बाढीले नाकोते, तिम्बु, फट्टे, मेलम्ची नवलपुर जोड्ने पुल बगाएको छ । बाहुनेपाटीमा बन्दै गरेको मध्यपहाडी लोकमार्गको पुलसमेत बगाएको छ । दोलालघाटसम्मका सम्पूर्ण पक्की पुल बगाएको उनले बताए ।

“नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति पुर्याएको छ,” उनले भनेका छन्, “यो प्राकृतिक विपत्तिमा सबैलाई संयमतापूर्वक उद्दार र राहतमा जुटन हार्दिक अपिल गर्दछु । सरकारले आजै टेण्ट र खाद्यान्न जुन–जुन बस्तीमा क्षति भएको छ त्यहाँ खसाल्छ । स्थानीय जनता, जसको घर बगाएको छ उहाँरूलाई घर हुनेहरूले आश्रय दिन अनुरोध गर्छु ।”-बाह्रखरी बाट

प्रकाशित : २०७८ असार २ गते ६:३७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI