राहत सामाग्रीसहित मुख्यमन्त्री नेपाली मनाङमा-फोटो फिचर

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार ३ गते १६:२०
राहत सामाग्रीसहित मुख्यमन्त्री नेपाली मनाङमा-फोटो फिचर

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णनन्द नेपाली पोखरेल सहितको टोली राहत सामाग्रीसहित मनाङ पुगेको छ ।

चार दिनदेखि परेको अविरल वर्षाका कारण मनाङका विभिन्न स्थानमा गएको बाढी पहिरोले पुर्याएको क्षतिको अवलोकन र स्थानीयका लागि राहत सामाग्री लिएर मुख्यमन्त्रीसहितको टोली मनाङ पुगेको हो ।

बिहीबार दिउँसो मुख्यमन्त्री पोखरेल, मन्त्री राजीव गुरुङ (दीपक मनाङे) र मनाङका अर्का सांसद चिन्तबहादुर घले मनाङ गएका हुन् । उनीहरु बाढीबाट प्रभावित चामे र नासोँ गाउँपालिकाका स्थानीयलाई तत्कालका लागि त्रिपाल,  औषधि र खाद्य  सामग्री लिएर नेपाली सेनाको हेलिकोप्टरमा गएका हुन् ।

तस्बिरहरु: पत्रकार प्रकाश ढकाल

प्रकाशित : २०७८ असार ३ गते १६:२०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI