मुख्यमन्त्री नेपालीले आज विश्वासको मत लिदैं

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार ४ गते ९:११
मुख्यमन्त्री नेपालीले आज विश्वासको मत लिदैं

काठमाण्डाै – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । बिहान ११ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने कार्यतालिका रहेको सचिवालयले जनाएको छ । बाढी पीडितको अवस्था बुझ्न मनाङ पुग्नुभएका मुख्यमन्त्री पोखरेल केहीबेरमा पोखरा फर्कनुहुनेछ ।

नेपाली कांग्रेसको संसदीय दलका नेता पोखरेललाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले गएको शनिवार माओवादी केन्द्र, जनमोर्चा, जसपा र स्वतन्त्र सदस्य राजीव गुरुङको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । बहुमत दाबी गरेर सरकार गठन भएपछि विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार पोखरेलले आज मत लिन लाग्नुभएको हो ।

गण्डकीमा सरकार बनाउन ३१ सदस्य चाहिनेमा पोखरेललाई एमालेबाहेक सबै दलसहित ३१ जनाकै समर्थन रहेको छ । आज विश्वासको मत लिएपछि पोखरेलले मन्त्रिपरिषद् विस्तारको तयारीसमेत गर्नुहुने भएको छ ।

प्रकाशित : २०७८ असार ४ गते ९:११
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI