नवलपुरमा थप १ जना कोरोना संक्रमितको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार ४ गते ९:३१
नवलपुरमा थप १ जना कोरोना संक्रमितको मृत्यु

नवलपुरमा कोरना भाईरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

मध्यविन्दु नगरपालिका वडा नं. ४ ( अस्पतालको रेकडमा १ भएको) बस्ने बर्ष ४३ का पुरुषको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पतालमा मृत्यु भएको मध्यविन्दु जिल्ला अस्पतालका डाक्टर शिवराज न्यौपानेले जानकारी दिनुभयो । उक्त पुरुष असार १ गते मध्यविन्दु जिल्ला अस्पतालमा भर्ना भएको थियो ।

उनको कोरना परिक्षण गर्दा रिपोट पोजेटिभ आएको हो । उनको उपचारको क्रममा आज (शुक्रबार) बिहान मध्यविन्दु जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रकाशित : २०७८ असार ४ गते ९:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI