मालबाहक ट्रकले प्रहरीको गाडीलाई ठक्कर दिंँदा प्रहरी प्रमुखसहित ६ जना घाइते

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार ४ गते २१:५३
मालबाहक ट्रकले प्रहरीको गाडीलाई ठक्कर दिंँदा प्रहरी प्रमुखसहित ६ जना घाइते

चितवन । चितवनमा मालबाहक ट्रकले प्रहरीको गाडीलाई  ठक्कर दिंँदा चितवन प्रहरी प्रमुख ओमप्रसाद अधिकारीसहित ६ जना घाइते भएका छन् ।

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित गाईघाटमा मालबाहक ट्रकले ठक्कर दिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढ–मुग्लिन सडक अन्तर्गत निर्माणाधीन पुल तथा सडकको अवस्थाका बारेमा अनुगमन गरी भरतपुर फर्किएको प्रहरीको गाडीलाई काठमाडौंतर्फ गइरहेको ना ६ ख ६०११ नम्बरको मालबाहक ट्रकले ठक्कर दिएको थियो ।

ठक्करबाट प्रहरी गाडीमा सवार सबै प्रहरी घाइते भएको र उनीहरूको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

घाइते प्रहरीहरूको टाउको, हात मुखमा चोट लागेपनि अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । ट्रक र चालक प्रहरीको नियन्त्रणमा छन् ।

प्रकाशित : २०७८ असार ४ गते २१:५३
Copyright © 22 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI