कांग्रेस युवा नेता थापाद्वारा म्याग्देमा एक व्यक्ति एक मास्क अभियान शुरु

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार ५ गते १३:३३
कांग्रेस युवा नेता थापाद्वारा म्याग्देमा एक व्यक्ति एक मास्क अभियान शुरु

नेपाली कांग्रेसका युवा नेता चाम थापाले म्याग्दे गाउँपालिकामा एक व्यक्ति एक मास्क अभियान थालेका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले शुरु गरेको अभियानअन्र्तगत थापाले म्याग्दे गाउँपालिकाका सातवटै वडाका तरुणहरुलाई मास्क तथा स्यानिटाइजर वितरण गरेका हुन् ।


म्याग्दे ४ मनहरिमा आयोजित एक कार्यक्रममा उनले सबै वडाका तरुण प्रनिनिधिलाई ती सामग्री हस्तान्तरण गरे । उनले कोभिड संकट लामो समय जान सक्ने देखिएको भन्दै जनजीवन सहज बनाउनका लागि सचेतना फैलाउन तरुण लाग्नुपर्ने बताए ।

कार्यक्रममा कांग्रेसका दिपककुमार श्रेष्ठ, नेविसंघ जिल्ला सदस्य गौरवराज रानासहित सातवटै वडाका तरुण दलका अध्यक्ष तथा पदाधिकारीहरु उपस्थित थिए । अभियानलाई अझ व्यापक पारिने नेताहरुले बताएका छन् ।

प्रकाशित : २०७८ असार ५ गते १३:३३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI