नवलपुरमा निषेधाज्ञाको समय बढाएर असार ११ गते सम्म पुर्‍याईयो

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार ६ गते १८:१४
नवलपुरमा निषेधाज्ञाको समय बढाएर असार ११ गते सम्म पुर्‍याईयो

नवलपुरमा निषेधाज्ञाको समयलाई बढाएर असार ११ गते सम्म पुर्‍याईएको छ ।

आईतबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले निषेधाज्ञाको समयलाई बढाएर असार ११ गते सम्म पुर्‍याउने निर्णय गरेको हो ।

नवलपुरमा कोरोनाको दोस्रो लहर फैलिदै गए पछि गत वैशाख २१ गतेबाट निषेधाज्ञा लगाईएको थियो ।

प्रकाशित : २०७८ असार ६ गते १८:१४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI