व्यापार व्यवसायबाट लाभ हुने वृषको योग, यस्तो हुनेछ समग्रमा मङ्गलवार

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार ९ गते ७:०८
व्यापार व्यवसायबाट लाभ हुने वृषको योग, यस्तो हुनेछ समग्रमा मङ्गलवार

आजको पञ्चाङ्ग

आज मिति २०७८ असार ८ गते मङ्गलवार, इस्वीसंवत जून २२ तारिख सन् २०२१, श्रीशाके १९४३, नेपाल संवत् ११४१, राक्षस नामको संवत्सर, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार ज्येष्ठशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज ज्येष्ठशुक्लपक्षको द्वादशी तिथि रहनेछ । आज विशाखा नक्षत्र, विष्कुम्भादि योगमा सिद्धि, करणमा कौलव, आनन्दादि योगमा श्रीवत्स रहनेछ ।

सूर्य मिथुन राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछ । आज दिनमान ३४ घटि ३६ पला अर्थात १३ घण्टा ५२ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ बजेर १० मिनेटमा जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठिक ७ बजेर १ मिनेटमा हुनेछ ।

आजको राशिफल

मेष: समय खराब रहनेछ । आठौं स्थानमा भ्रमण गरिरहेका चन्द्रमाको प्रभावले मनमा सङ्कुचित विचार बढ्न सक्ने तथा कसैसँग मनमुटाब हुन सक्ने पनि सम्भावना छ, ख्याल पुर्‍याउनु होला । पारिवारिक भार बढ्न सक्ने एवं अभाव खट्किन सक्ने देखिन्छ ।

मेष राशिका लागि शुभअंक १ र ११, शुभरंग रातो, स्वामी राशि मंगल ग्रह, मित्रराशि मिथुन र कुम्भ, धारण गर्ने रत्न मुगा हो । मेष राशि भएका व्यक्तिहरूले प्रत्येक मङ्गलवार पूजा तथा आराधना गरी गणेश भगवानलाई खुसी बनाउन सके कामहरू समयमा नै सम्पन्न हुनेछन् । यो राशिका मानिसले साइत हेरेर मुसुरोको दाल दान गर्नु शुभ मानिन्छ ।

वृष: स्वास्थ्य राम्रो रहनेछ । सातौं स्थानमा चन्द्रमा छन्, त्यसैले दाम्पत्य एवं भौतिक सुखकर रहनेछ । जीवन साथी वा विपरीत लिङ्गीको सहयोग मिल्ने तथा प्रेम सम्बन्ध बलियो हुनेछ । व्यापार व्यवसायबाट राम्रो लाभ लिन सकिनेछ । जागिर नोकरी आदिमा पनि दिन अनुकूल रहेको छ ।

वृष राशिका लागि शुभअंक ४ र १२, शुभरंग ः नीलो, स्वामीराशि ः शुक्र ग्रह, मित्र राशि कर्कट र मीन, धारण गर्ने रत्न हीरा हो । वृष राशि भएका व्यक्तिहरूले मङ्गलवार गणेशजी, शनिवार भैरवजी र सोमबार शिवजीको दर्शन गर्नाले राम्रो हुनेछ । प्रत्येक दिन गाईलाई रोटी र परेवालाई चारो दिनाले पनि भाग्यमा वृद्धि हुनेछ ।

मिथुन: समय शुभ रहनेछ । छैटौं स्थानको चन्द्रमाको प्रभावले अवसरको सदुपयोग गर्न सकेको खण्डमा अनुकूल एवं सफल रहनेछ । प्रतिस्पर्धामा सफल भइने छ भने स्वकार्यबाट पनि राम्रो उपलब्धि गर्न सकिने छ । जागिर आदि पेशाको क्षेत्रमा पनि स्याबासी तथा प्रशंसा मिल्नेछ ।

मिथुन राशिका लागि शुभअंक १ र ५, शुभरंग हरियो र खैरो, स्वामी राशि बुध ग्रह, मित्र राशि मेष र सिंह, धारण गर्ने रत्न पन्ना हो । यस राशि भएका व्यक्तिले प्रत्येक दिन आफ्नो इष्टदेवको दर्शन, पूजा एवं हनुमानजीको दर्शन गर्नाले ग्रह पीडा कम हुनेछ । प्रत्येक बुधवार निमुखा प्राणीहरूलाई आहार दिनाले कार्यमा सफलता मिल्नुका साथै भाग्यमा वृद्धि हुनेछ । प्रतिकूल समयमा शनिको मन्त्रजप गर्नाले पनि लाभ मिल्नेछ ।

कर्कट: समय भरपर्दो रहनेछैन । पाचौं स्थानमा चन्द्रमा डुल्डैछन् । त्यसैले सोचविचार नपुर्‍याइ अनावश्यक रुपमा गरिएको घुमफिरले अन्ततः खर्चलाई नै प्रोत्साहन गर्नेछ । सुझबुझ नगरी गरिएको फुर्तिफार्तिले पश्चात्ताप पार्न सक्ने छ । अस्वस्थता बढ्न सक्ने गोचरले लक्षित गरिरहेको छ ।

कर्कट राशिका लागि शुभअंक २ र ६, शुभरंग सेतो, स्वामीराशि चन्द्रमा ग्रह, मित्र राशि वृष र कन्या, धारण गर्ने रत्न मोती हो । कर्कट राशि भएकाहरूले बंगलामुखी देवीको पूजा, आराधना, शनिवार विष्णुको पूजा र पीपलमा जल चढाउँदा लाभ मिल्नेछ । सोमवार शिवालयमा विशेष पूजा गर्नुहोला र सोमवारकै दिन शाकाहारी रहनु भयो राम्रो हुनेछ ।

सिंह: समय खराब छ । चौथो स्थानमा चन्द्रमा छन् । त्यसैले बोलिचाली एवं जनव्यवहारमा सावधानी अपनाउनु उचित हुनेछ । व्यवसाय तथा कर्म क्षेत्रमा बाधा अड्चन हुनसक्ने छ भने अपेक्षित एवं प्राप्त आश्वासन पूरा हुन कठिन पर्नेछ । स्वास्थ्यमा पनि समस्या देखिन सक्ने देखिन्छ । आज अप्रत्याशित उपलब्धि हात पार्न सकिने सम्भावना छ ।

सिंह राशिका लागि शुभअंक ३ र ७, शुभरंग गुलावी र हल्का रातो, स्वामीराशि सूर्य ग्रह, मित्र राशि मिथुन र तुला, धारण गर्ने रत्न माणिक्य हो । सिंह राशि भएकाहरूले बंगलामुखी देवीको पूजा, आराधना तथा शनिवार विष्णुको पूजा र पीपलमा जल चढाउँदा लाभ मिल्नेछ । वृहस्पति ग्रहको दोष शान्त पार्न बगलामुखी र शिवजी, सबै अनिष्ट शान्त पार्न आफ्ना इष्टदेवको पूजा–आराधना गर्नुहोला ।

कन्या: समय शुभ छ । तेस्रो स्थानमा दौडिरहेका चन्द्रमाको प्रभावले मान सम्मान प्राप्त हुने र व्यापार व्यवसाय एवं जागिर आदि पेशाको क्षेत्रमा अनुकूलता सृजना हुनेछ । समाज सेवाका कार्यमा ग्रहले राम्रो बल दिइरहेको देखिन्छ । समयको अनुकूलतालाई बुझेर राम्रो कार्यमा सदुपयोग गरी विशिष्ट दर्जा एवं पक्षका व्यक्तित्वसँग महत्त्वपूर्ण उपलब्धि लिन सकिनेछ ।

कन्या राशिका लागि शुभअंक ४ र ६, शुभरंग हरियो र हल्का रातो, स्वामीराशि बुध ग्रह, मित्र राशि कर्कट र वृश्चिक, धारण गर्ने रत्न पन्ना हो । कन्या राशि भएकाहरूले गणेश भगवानको पूजा गर्नु लाभदायक मानिन्छ । प्रत्येक शनिवार पीपलको पूजा गरी जल चढाउनाले पनि फाइदा हुनेछ ।

तुला : समय अत्यन्तै खराब छ । किनकि दोस्रो स्थानमा चन्द्रमा दौडिरहेकाले नकारात्मक प्रभाव पर्नेछ । बोली वचनको अपव्याख्या हुन सक्ने सम्भावनालाई नकार्न सकिन्न, ख्याल गर्नुहोला । सञ्चित धनको अपव्यय हुन सक्ने सम्भावना पनि देखिएको छ । आज नाता–कुटुम्बसंग सम्बन्ध विस्तारमा पनि सजग हुन जरुरी देखिएको छ ।

तुला राशिका लागि शुभअंक ५ र ९, शुभरंग निलो, स्वामीराशि शुक्र ग्रह, मित्र राशि सिंह र धनु, धारण गर्ने रत्न हीरा हो । प्रतिकूल समयमा देवीको दर्शन, पूजा तथा आराधना, बृहस्पतिको मन्त्रजप गरी समयलाई फलदायी बनाउन सकिनेछ । शनिवार पीपलमा जल चढाई कागलाई खानेकुरा दिनले ग्रह पिडा कम हुनेछ । अत्यधिक सफलताका लागि यो राशि भएका व्यक्तिले नीलो वस्त्र लगाउनुपर्नेछ भने हनुमान चालिसाको पाठ गर्दा राम्रो हुनेछ ।

वृश्चिक: आज समय अत्यन्तै शुभ छ । भाग्य स्थानमा चन्द्रमा भ्रमण गरिरहेका छन् त्यसैले व्यवहारिक कुशलता बढ्नाले मान्छेहरूको ध्यानाकर्षण गर्न सकिने छ । अभिष्टकार्यमा सफलता मिल्न सक्ने गोचर परेको छ । इच्छित कार्य पूर्णताका लागि दृढताको साथमा अगाडि बढ्न सक्नुहुनेछ । सामाजिक जिम्मेवारी पनि थपिन सक्नेछ ।

वृश्चिक राशिका लागि शुभअंक ६ र १०, शुभरंग रातो, स्वामीराशि मंगल ग्रह, मित्र राशि कन्या र मकर, धारण गर्ने रत्न मुगा हो । वृश्चिक राशि भएका व्यक्तिहरूले शनि ग्रहलाई खुसी पार्नका लागि विष्णुको पूजा, दान–पुण्य गर्नाले मानसिक चिन्ता कम हुनेछ र मनमा शान्ति छाउनेछ । काली भगवती र हनुमानजीको पूजा–आराधना गर्नाले शनिको साढेसाती दोष कम हुनेछ ।

धनु : समय खराब छ । १२औं भावमा चन्द्रमा छन् त्यसैले मनमा विना कामका चिन्ताले सताउनेछन् । आफु अपमानित हुनुपर्ने ठाउँमा नचाहेर पनि जानुपर्नेछ । आफन्तै व्यक्तिहरूसंग झगडा पर्न सक्नेछ । आज टाढाको भ्रमणमा निस्कनु ठिक छैन । आज सकेसम्म पश्चिम दिशाको यात्रा नगर्नुहोला ।

धनु राशिका लागि शुभअंक ७ र ११, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति ग्रह, मित्र राशि तुला र कुम्भ, धारण गर्ने रत्न मुगा हो । धनु राशि भएकाहरूले शनिस्तोत्र पाठका साथै शिवजीको उपासना लाभदायी रहनेछ । शनिवार पीपलमा जल अर्पण गर्दा शनि शान्तिका लागि उत्तम हुनेछ । यो राशि भएका व्यक्तिले आफ्ना गुरुलाई सम्मान गर्दै गुरु मन्त्रको जप गर्ने बानी बसाल्दा राम्रो हुनेछ ।

मकर: समय अनुकूल रहनेछ । ११औं भावमा चन्द्रमा भ्रमण गरिरहेकाले पूण्यार्जन गर्ने अवसर मिल्ने ग्रहगोचर परेको छ । अध्यात्मिक तथा आस्तिक भावना बृद्धि हुने र धार्मिक कार्य सम्पादन गर्न सकिने छ । व्यावसायिक उन्नति पनि हुन गई आर्थिक लाभ पनि गर्न सकिने छ । य¬¬ात्रा योजना एवं नयाँ कार्यको थालनीको सम्भावनालाई पनि ग्रहले लक्षित गरिरहेको देखिन्छ ।

मकर राशिका लागि शुभअंक ८ र १२, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि वृश्चिक र मीन, धारण गर्ने रत्न पुष्पराज हो । मकर राशि भएका व्यक्तिले शनि मृत्युञ्जय पाठ एवं देवी भगवतीको उपासना शुभ फलदायी रहनेछ । हरेक मङ्गलवार हनुमानजीको दर्शन गर्नाले ग्रह पीडा कम हुनेछ । भोका व्यक्ति र निमुखा प्राणीलाई सहयोग गर्नाले र सत्य बोल्नाले अधिक सफलता मिल्नेछ ।

कुम्भ: समय मध्यमखालको रहनेछ । चन्द्रमा १०औं भावमा चन्द्रमा छन् त्यसैले शारीरिक जोश जाँगर बढ्ने छ । यसअघि रोकिएका काम पूरा गर्ने मौका मिल्नेछ । सहयोगीहरु पनि जुट्ने छन् । इष्टमित्र तथा जानपहिचानका व्यक्तिबाट प्रशंसा पाइनेछ । व्यावसायिक कामबाट आर्थिक उपार्जन गर्न सकिनेछ ।

कुम्भ राशिका लागि शुभअंक १ र ९, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि धनु र मेष, धारण गर्ने रत्न निलम हो । कुम्भ राशि भएकाहरूले शनिदेवलाई खुसी पार्न सके आकस्मिक एवं चमत्कारी सफलता मिल्नेछ । भोकालाई भोजन र असहाय व्यक्तिलाई वस्त्र दान गर्नाले भाग्यमा वृद्धि हुनेछ ।

मीन:  समय खराब रहनेछ । नवौं भावको चन्द्रमाका कारण स्वास्थ्य भरपर्दो रहने वाला छैन । समयमा खान नपाइने अथवा अगतिलो खाना सेवन गर्नुपर्ला । पुराना मित्रले व्यर्थैको विवाद र कुरा काट्नेछन् । आम्दानीको तुलनामा खर्च ज्यादा रहनेछ, चनाखो भर्ई सकेसम्म खर्च जोगाउनु नै राम्रो हुनेछ ।

मीन राशि भएकाहरूका लागि शुभअंक २ र १०, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति, मित्र राशि मकर र वृष, धारण गर्ने रत्न पुष्पराज हो । मीन राशि भएकाहरूले ग्रह पिडा कम गर्न तथा सफलता प्राप्तिका लागि दैनिक गणेशजी तथा विष्णु भगवानको दर्शन एवं पूजा गर्दा राम्रो हुनेछ । निमुखा प्राणीहरूलाई आहार दिने र घर वरिपरि केराको वृक्ष लगाउनाले पनि भाग्यमा वृद्धि हुनेछ ।

साइत : आज चन्द्रमा वृश्चिक राशिमा छन् । त्यसैले पश्चिम बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज सोमबार परेकाले उत्तर दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।

आजको शुभ लाभादि बेला

बिहान ५ः०७ बजेदेखि         ६ः५१ बजेसम्म         रोग बेला

बिहान ६ः५१ बजेदेखि         ८ः३५ बजेसम्म         उद्धेग बेला

बिहान ८ः३५ बजेदेखि         १०ः२० बजेसम्म       चर बेला

बिहान १०ः२० बजेदेखि        १२ः०४ बजेसम्म       लाभ बेला

बिहान १२ः०४ बजेदेखि        १ः४८ बजेसम्म        अमृत बेला

दिनमा १ः४८ बजेदेखि         ३ः३२ बजेसम्म         काल बेला

दिनमा ३ः३२ बजेदेखि         ५ः१६ बजेसम्म         शुभ बेला

दिउँसो ५ः१६ बजेदेखि        ७ः०० बजेसम्म         रोग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहु काल समय : दिनमा ३ः०० देखि ४ः३० बजेसम्म राहु काल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठुलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

प्रकाशित : २०७८ असार ९ गते ७:०८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI