नेपाल टेलिकमको मोबाइल सेवामा प्राविधिक समस्या, बिहानदेखि फोन नलाग्दा सेवाग्राही समस्यामा

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार ९ गते ७:२६
नेपाल टेलिकमको मोबाइल सेवामा प्राविधिक समस्या, बिहानदेखि फोन नलाग्दा सेवाग्राही समस्यामा

नेपाल टेलिकमको मोबाइल सेवामा प्राविधिक समस्या देखिएको छ । बुधवार बिहानैदेखि काठमाण्डाैसहित देशभरका पोष्टपेड र प्रिपेड नम्बरमा फोन नलाग्ने समस्या देखिएको टेलिकमले जनाएको छ ।

टेलिकमका अनुसार अहिले समस्या समाधानका लागि प्रयास भइरहेको छ । तर, के कारण समस्या देखिएको भन्ने थाहा भएको छैन । मोबाइल सेवामा देखिएको समस्याका कारण सेवाग्राही मर्कामा परेका छन् । यसअघि पनि बेला बेलामा टलिकमको सेवामा समस्या हुने गरे पनि मर्मत पछि फेरि सेवा सुरु गरेको थियो ।

प्रकाशित : २०७८ असार ९ गते ७:२६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI