निन्द्रा किन लाग्दैन ?

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार ९ गते २१:२६
निन्द्रा किन लाग्दैन ?

डा. अजितकुमार गुरुङ                                                       

निन्द्रालाई मानिसको आधारभूत आवश्यकतामध्येको एक मानिन्छ ।सफल जीवनका लागि आवश्यकताअनुसारको निन्द्रा चाहिन्छ । कस्तो व्यक्तिलाई कति निन्द्राको आवश्यकता छ भन्ने कुरा फरक–फरक हुन्छ ।
दैनिक प्रत्येक व्यक्तिले यति घण्टा नै सुत्नुपर्छ भन्ने हुँदैन । प्रत्येक व्यक्तिमा फरक हुन्छ तर लगभग २४ घण्टामा ६ देखि ८ घण्टा सुत्नुपर्छ । कसैलाई कम निन्द्राको आवश्यकता पर्छ भने कसैलाई अलि बढी आवश्यकता पर्छ । भर्खरै जन्मिएकाबच्चाहरूले त धेरै समय निन्द्रामा नै बिताउँछन् ।उनीहरूले दैनिक १८ देखि २० घण्टा त निन्द्रामा नै बिताउँछन् ।
वयष्क मानिसले भने ६ देखि ८ घण्टा हुनुपर्छ । तर निन्द्रा नलाग्ने भन्ने कुरालाई हामीले समय तालिकालाई मात्र हेर्नु हुँदैन । कसैलाई निन्द्रा पर्न गाह्रो हुन्छ भने कसैलाई पातलो निन्द्रा पर्ने अथवा पटक–पटक बिउँझिराख्ने र कसैलाई चाहिँछिटो बिउँझिने हुन्छ ।
कसैलाई ६ देखि ८ घण्टा सुत्दा पनि भोलिपल्ट फ्रेस महसुस नगर्ने, बेला–बेलामा झुम्म हुँदै छोटो समयको लागि निदाउने हुन्छ ।
निन्द्रा मान्छेको ६ देखि ८ घण्टा हुँदा एउटा साइकलमा जाने हुन्छ । वैज्ञानिकहरूले निन्द्रालाई मानिसको ब्रेनको ‘इलेक्ट्रो इन्टिग्रल जियोग्राफी’ भनेका छन् ।
जसरी मुटुकोइलेक्ट्रिकल एक्टिभिटि हुन्छ, त्यस्तै ब्रेनको पनि हुन्छ ।
सामान्यतयाः निन्द्रालाई निन्द्रा र गहिरो निन्द्रा भनिन्छ । मेडिकल भाषामा यसलाई लाइट स्लिप र डिप स्लिप भनिन्छ । यसको ‘साइकल’ हुन्छ ।

‘रेम’ र ‘ननरेम’ स्लिप
रेम स्लिपमा मुटुको धड्कन बढ्छ, ब्रेनको एक्टिभिटि बढ्छ, आँखाहरू चल्छ र ब्लडप्रेसर बढ्छ । एक रातमा मान्छेको ४÷५ वटा साइकल हुन्छ । प्रत्येक साइकलको आफ्नो टाइम हुन्छ । हामी बिउँझिने भनेको रेम सकिएपछि हो । हामीले जति पनि सपना देख्ने भनेको रेम स्लिपमा मात्रै हो ।

निन्द्रा नलाग्ने कारण 
यो महत्वपूर्ण कुरा हो । सानो–सानो कुरादेखि धेरै ठूलो कुराहरूले पनि निन्द्रामा असर पर्छ ।  ब्लड प्रेसर हाइ हुँदा पनि कहिलेकाहीँ निन्द्रा नलाग्ने हुन्छ । सधैँ निन्द्रा लागेन भने कुनै रोग छ कि भनेर चिकित्सकसँग परामर्श लिनुपर्छ ।

मानिस पूर्ण स्वस्थ भए पनि, कुनै शारीरिक रोग नभए पनि उसको वैज्ञानिक वा साइकोलोजिकल समस्या हुन सक्छ । निन्द्रा डिस्टर्व गर्ने ‘कमन’ कारण एन्जाइटी न्युरोसिस र डिप्रेसन हो ।

एन्जाइटी न्युरोेसिस भनेको मानसिक रोग हो भने डिप्रेसन भनेको मानसिक रोगबाट पीडित हो । अझ मनोचिकित्सकहरूले त्यस्तो समस्या छ कि छैन भनेर हेर्ने हो । मनौवैज्ञानिक साइकोलोजिकल समस्यामध्येमा सबैभन्दा कमन समस्या भनेको मान्छे पीडित हुने नै एन्जाइटी न्युरोसिस र डिप्रेसनले हो त्यो छुट्याउनुपर्छ ।

त्योबाहेक अरु मानसिक रोगहरूमा पनि छ कि छैन, स्ट्रेस, टेन्सन भयो, कसैको नजिकको मान्छेको मृत्यु भयो, साइकोलोजिकल ट्रमा (कसैको अगाडि एक्सिडेन्ट भयो) भने त्यो मानिस त सजिलै साथ निदाउँदैन । कोही सँगै बसिरहेको साथीले आत्महत्या ग¥यो, झुण्डिएर म¥यो अथवा उसको मृत्यु हुन गयो भने पनि निन्द्रामा समस्या हुन्छ, तर यो टेम्पोररी हो ।

अटोमेटिक समयकालसँगै बिर्सिंदै जान्छ तर कसैलाई बढी असर पार्छ, कसैलाई कम असर पार्छ । टेम्पोररी भए पनि त्यो समयमा ऊ धेरै पीडित हुन्छ, त्यसैले निन्द्राको लागि सहयोग गर्नुपर्छ । औषधि दिनुपर्ने अथवा आवश्यकअनुसारको सल्लाह दिनुपर्ने हुन सक्छ ।

जीवनको सहरीकरण व्यस्तता भएपछि रोगहरू घट्ने भन्दा पनि बढ्ने प्रयास भइरहेको छ । सरुवा रोगको साथसाथै अन्य नसर्ने रोगहरू जस्तै– मुटुको रोग, ब्लड प्रेसर, डायबेटिज, सुगरको रोग पनि बढ्दो मात्रामा आएको छ । यी रोग लाग्दा मानिसले विभिन्न औषधिहरू प्रयोग गरिरहेका हुन्छन् ।  त्यसकारण केही यस्ता औषधिहरू छन् जसले निन्द्रामा समस्या गर्न सक्छ ।
मोटोपना पनि समस्याको रूपमा आइरहेको छ ।

त्यसले पनि निन्द्राको समस्या ल्याउँछ । नाक, कान, घाँटीतिर मासु पलायो भने पनि निन्द्रामा समस्या हुन्छ । स्लिप एप्निया डिसअर्डर छ कि छैन त्यो पनि हेर्नुपर्छ । निन्द्रामा नै खुट्टा चलाउने बानी हुन्छ कसैकसैको ।

अन्य कारण
मानिसलाई अलिकति तनाव भयो, जागिर गयो अथवा नयाँ जागिर पायो, घटना घट्यो, कुनै नराम्रो चिज देख्यो भने पनि निन्द्रा लाग्दैन । तर, यो लामो समयसम्म निन्द्रा खलबल्याउने खालको समस्या होइन ।

समयअनुसार विस्तारै आफैँ करेक्सन हुँदै जाने हुन्छ । कहिलेकाहीँ सबै कारणहरू केलाउँदा पनि निन्द्रा नपर्ने भन्ने अवस्थामा चाहिँ हामीले स्लिप हाइजिन, (सफा सुग्घर रहन नुहाउनुपर्छ भन्ने कुरा ध्यानमा राख्छौँ) ।

तर राम्रो निन्द्राको लागि हाइजिन मेनटेन गरेको छौँ कि छैनौँ, त्यसमा हामीले ध्यान पु¥याउनुपर्ने हुन्छ ।

समाधान
झण्डै ८ घण्टा सुत्दा मानिसले जीवनको एक तिहाई भाग त सुतेरै बिताउने हो । त्यो पार्टलाई ध्यान दिएर बेडरुम शान्त राख्ने, हल्ला नभएको स्लिप हाइजिनमा पर्छ । बेडरुममा कुनै पनि उत्तेजक र आँखामा टलक्क पर्ने कुराहरू राख्नुहुँदैन ।

मुख्य कुरा त कतिपय मानिसले बेडरुम नै टिभी हेर्नेदेखि लिएर खाना खाने त्यही प्रयोग गर्छन्, त्यसरी प्रयोग गर्नुहुँदैन ।

बेडरुम खाली सुत्नको लागि मात्रै प्रयोग गर्नुपर्छ ।
सुत्नुभन्दा अगाडि ‘हेभी’ खानाहरू नखाने र निन्द्रा राम्रो नपर्ने मानिसले तीनवटा खानेकुराहरूमा विषेश ख्याल राख्नुपर्छ ।  कफीले निन्द्रा नपार्ने हुन्छ । विद्यार्थीहरूले पनि जाँचको बेलामा कफी धेरै पिउने कारण भनेकै ननिदाई बस्न हो ।  चुरोट, सुर्ती सेवन गर्दा पनि निन्द्रामा समस्या आउँछ । अल्कोहल अर्को कारण हो निन्द्रा नलाग्ने ।
निन्द्रामा समस्या पर्न नदिन सबैभन्दा स्लिप हाइजिन मेनटेन गर्नुपर्छ । हेभी खाना खाने, सुत्नुभन्दा अघि धेरै पानी नपिउने गर्नुपर्छ ।  सुत्ने बेलामा लामो, गहिरा सास लिने, पेट–छाती चलाउने गर्नुपर्छ । सास फेर्ने त फोक्सोले हो तर पेटले चलाउने गर्नुपर्छ ।

प्रकाशित : २०७८ असार ९ गते २१:२६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI