फ्रान्स समूह विजेता, पोर्चुगल पनि अन्तिम १६ मा

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार १० गते ५:४७
फ्रान्स समूह विजेता, पोर्चुगल पनि अन्तिम १६ मा

काठमाडौं । युरोकप फुटबलमा साविकको विजेता टोली पोर्चुगलले नकआउट चरणमा स्थान बनाएको छ ।

बुधबार राति भएको खेलमा पोर्चुगलले फ्रान्ससँग २–२ गोलको बराबरी खेलको हो ।

पुस्कार एरिनामा पोर्चुगलका लागि कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । यता फ्रान्सका लागि करिम बेन्जिमाले दुई गोल गरे ।

खेलमा पोर्चुगलले अग्रता बनाएको थियो । खेलको ३० ‍औँ मिनेटमा पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले गोल गर्दै टिमालाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्ज्यूरी समयमा फ्रान्सका लागि करिम बेन्जिमाले गोल गर्दै टिमलाई बराबरीको अवस्थामा ल्याए ।

खेलको ४७ ‍औँ मिनेटमा बेन्जिमाले गोल गर्दै टिमलाई २–१ गोकलो अग्रता दिलाए । ६० ‍औँ मिनेटमा रोनाल्डोले गोल गर्दै टिमलाई २–२ गोलको बराबरी दिलाए ।

बराबरीसँगै पोर्चुगलले समूहमा ४ अंक जोड्दै नकआउट चरणमा प्रवेश गर्यो । यता फ्रान्स भने तालिकाको शीर्ष स्थानमा रह्यो ।

प्रकाशित : २०७८ असार १० गते ५:४७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI