परासीमा पटका पड्काउँदै वैवाहिक कार्यक्रम गर्ने दुलहीका बाबु सहित ५ जना पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार ११ गते १४:३५
परासीमा पटका पड्काउँदै वैवाहिक कार्यक्रम गर्ने दुलहीका बाबु सहित ५ जना पक्राउ

परासी, असार ११ । 

पश्चिम नवलपरासीको सदरमुकाम परासीमा निषेधाज्ञाको समयमा धुमधामसँग वैवाहिक कार्यक्रम आयोजना गरेको भन्दै प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

रामग्राम–५ महेशपुर चोक नजिक शिवशंखर उपाध्यायको छोरीको विहेमा पटका पड्काउने र होहल्ला सहित विहेको कार्यक्रम आयोजना गरेको भन्दै प्रहरीले उपाध्यायसहित ५ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख डिएसपी राजु लामाले रेडियो परासीलाई जानकारी दिनुभयो ।

पटक–पटक सम्झाउँदा समेत नमाने पछि बाध्य भएर उनीहरुलाई नियन्त्रणमा लिनुपरेको प्रहरीले जनाएको छ । स्वास्थ्य सुरक्षाका कुनै पनि मापदण्ड पालना नगरी पटका पड्काएर कोरोना महामारीका कारण निषेधाज्ञाको समयमा गरिएको यस्तो कार्य प्रहरी प्रशासनलाई नै चुनौती दिएकाले डिएसपी लामाले अटेर गरेपछि नियन्त्रणमा लिनुपरेको बताउनुभयो ।

प्रहरीका अनुसार विहेमा झण्डै डेढ सय जना थिए । उपाध्याय छोरीको बाबु भएको र विहेको कार्यक्रम सम्पन्न गर्नका लागि विहिबार नै छाडिएको तर बाँकि चार जनालाई भने नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ असार ११ गते १४:३५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI