No ads found for this position

कालीगण्डकी डाईभर्सन गर्न दिन्नौं : नवलपुरका राजनीतिक दलहरु

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार १३ गते १५:५७
No ads found for this position
कालीगण्डकी डाईभर्सन गर्न दिन्नौं : नवलपुरका राजनीतिक दलहरु
No ads found for this position

रमेश बस्ताकोटी/कावासोती : सरकारले कालीगण्डकी नदि डाईभर्सन गरि तिनाउ झार्ने योजना सहित काम अघि बढाएपछि गण्डकी प्रदेशमा यसको तिव्र बिरोध सुरु भएको छ ।

कालीगण्डकी नदि संग प्रत्यक्ष सरोकार राख्ने नवलपुरका प्रमुख राजनितिक दलका नेताहरुले संघ सरकारको यो कामको निन्दा गर्दै भत्सर्ना गरेका छन् । उनिहरुले कालीगण्डकी सभ्यता सिध्याउने षड्यन्त्र स्वरुप नदि डाईभर्सन गर्न खोजिएको भन्दै आलोचना गरेका छन् ।

नेकपा एमालेका केन्द्रीय सदस्य एवम् विघटित प्रतिनिधि सभाका सदस्य तिलक महतले सरकारको यो कदममा साथ दिन नसक्ने बताएका छन् । उनले कालीगण्डकी एउटा नदि मात्र नभएर सभ्यता समेत भएकाले यसको डाईभर्सन गरेर अन्यत्र लैजाने कुरा आफुहरुलाइ मान्य नहुने बताए । महतले भने,“काली गण्डकी एउटा सभ्यता हो , यसको संरचना बिगार्ने गरि गरिने कुनै कामलाई मान्न सकिदैंन , कालीगण्डकी नदि संग जोडिएको हाम्रो ईतिहास , कला , सस्कृति ,विर्गान पाईदैन । ” महतले कालीगण्डकी नदि डाईभर्सन गरि गरिने भनिएको सिंचाई , विद्युत उत्पादन लगायतका कामका लागि अन्य विकल्प खोज्न सरकारलाइ आग्रह गरे । महतले भने ,“सरकारले नै बजेटमा त्रिवेणी देबघाट राम्दी सम्म जलयातायात विकास गर्ने भनेको छ , नदि डाईभर्सन गरेर कसरी जल यातायातको विकास हुन्छ ?” गण्डकी प्रदेशका नागरिकको भावना संग नखेल्न उनले आग्रह गरे ।

नेपाली काँग्रेस नवलपुरका सभापती एवम् गण्डकी प्रदेशसभा सदस्य बिष्णु लामिछानेले परापुर्व कालदेखि चल्दै आएको परम्परा, धर्म , सस्कृति , पर्यटन लगायतका कुरालाइ नजरअन्दाज गर्दै कालीगण्डकी डाईभर्सन गर्न खोजीनु निकै दुःखद् भएको बताए । उनले भने,“ कालीगण्डकी नदी हाम्रो जिवनशैली हो , एउटा सभ्यता हो, यसलाई मास्ने गरि ल्याईएको योजना मान्य हुदैन । ” लामिछानेले देबघाट , केलादीघाट , घुमारीघाट जस्ता पर्यटकीय स्थानहरुलाई प्रत्यक्ष असर पुग्ने गरि यस्तो योजना अघि सार्दा सरकारले यस संग जोडिएका लाखौं जनतालाई विर्सिएको बताए । लामछानेले नदि डाईभर्सन गर्न कुनै हालतमा नदिने भन्दै यसका लागि आवश्यक परे संघर्षमा उत्रने बताए ।

नेकपा एमालेका जिल्ला अध्यक्ष तथा प्रदेश सांसद रोशन बहादुर गाहाले पनि कुनै हालतमा संघ सरकारले ल्याएको कालीगण्डकी डाईभर्सनको योजना सफल हुन नदिने बताए । उनले भने,“हाम्रै पार्टीको सरकारले यो काम सुरु गरेपनि हामी यसको बिरोध गछौं , यो जनता संग जोडिएको बिषय हो , कालीगण्डकी सभ्यता मास्न पाईदैन ।” उनले सत्तारुढ दल , प्रतिपक्ष सबै मिलेर यसको बिरोध गर्न आवश्यक रहेको बताए । “कालीगण्डकी डाइभर्सन गरेर यस संग जोडिएका धार्मिक , पर्यटकीय , कला सस्कृति र परम्परा मास्न पाईदैन , यो जोगाउन सबै लाग्न आवश्यक छ ।” उनले भने ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य किसन शर्मा गैरेले कालीगण्डकी डाईभर्सन गर्ने योजना राष्ट्रघाती र जनघाती रहेको बताए । उनले दलीय आधारमा बिभाजित नभई कालीगण्डकी सभ्यता सिध्याउने यो षड्यन्त्रको बिरोधमा सबै नागरिक एकजुट हुन आवश्यक रहेको बताए । उनले आवश्यक परे संघर्षमा उत्रन आफ्नो पार्टी तयार रहेको बताए ।

शनिवार कालीगण्डकी डाईभर्सन आयोजनाको कार्यालय बुटवलमा अर्थमन्त्री बिष्णु पौडेलले गरेका थिए । यो कार्यालयको उद्घाटन हुनासाथ गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्ण चन्द्र नेपालीले कुनै पनि हालतमा कालीगण्डकी डाईभर्संन गर्न नदिने बताइसकेका छन् । नेकपा एमालेका नेता एवम् गण्डकीका पुर्व मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ्गले पटक पटक यो आयोजनाको बिरोध गर्दै आइरहेका छन् ।

प्रकाशित : २०७८ असार १३ गते १५:५७
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI