चौबीस घण्टामा ४२ जनाको मृत्यु, २,४४४ मा कोरोना संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार १४ गते १६:४४
चौबीस घण्टामा ४२ जनाको मृत्यु, २,४४४ मा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणका कारण ४२ जनाको मृत्यु भएको छ ।  सोही अवधीमा २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

११ हजार ६४० जनामा परीक्षण गर्दा २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३७ हजार ९५० रहेको छ ।

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार ५१ पुगेको छ । संक्रमितको संख्या ६ लाख ३५ हजार १८८ पुगेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

हालसम्म नेपालमा ३३ लाख २९ हजार ६८७ पीसीआर परीक्षण गरिएको छ ।

प्रकाशित : २०७८ असार १४ गते १६:४४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI