बुधबारदेखि भारी वर्षा हुनसक्ने सम्भावना, सजग रहन आग्रह

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार १५ गते १५:२७
बुधबारदेखि भारी वर्षा हुनसक्ने सम्भावना, सजग रहन आग्रह

काठमाडौँ, १५ असार । मौसम पूर्वानुमान महाशाखाले वुधबारबाट धेरै भारी वर्षा हुनसक्ने भन्दै सजग रहन अपील गरेको छ ।

महाशाखाले मनसुनी न्युन चापीय रेखा नेपालको तराई नजिक रहने हुनाले मनसुन सक्रिय हुने जनाएको छ ।

मनसुन सक्रिय रहँदा प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा भारी र धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

त्यस्तै, देशको प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

पहाडी क्षेत्र तथा नदीनाला बाढी पहिरोको जोखिम हुने भन्दै सचेत रहन समेत अपील गरेको छ ।

देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र प्रदेश नं १, गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

यस्तै, राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।

प्रकाशित : २०७८ असार १५ गते १५:२७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI