एमाले महाधिवेशन आयोजक कमिटी भंग, माधव नेपालसहित ११ नेतामाथिको कारवाही निष्क्रिय !

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार १६ गते १४:२२
एमाले महाधिवेशन आयोजक कमिटी भंग, माधव नेपालसहित ११ नेतामाथिको कारवाही निष्क्रिय !

नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी भंग भएको छ ।

सर्वोच्च अदालतको अन्तरिम आदेशको सम्मान र पार्टीलाई एकता पूर्वकै अवस्थामा फर्काउनुपर्ने माधव नेपाल पक्षको माग सम्बोधनका लागि भन्दै एमालेले महाधिवेशन आयोजक कमिटी भंग गरेको हो ।

महाधिवेशन आयोजक कमिटी भंग भएसँगै वरिष्ठ नेता माधवकुमार नेपालसहितका ११ नेतामाथि गरिएको कारवाही समेत स्वत: निष्क्रिय भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

अब एमालेको बैठक केन्द्रीय कमिटीका नाममा नै बस्नेछ । आजको बैठकले पार्टीको स्थायी कमिटीमा ८ जना थप गर्ने निर्णय समेत गरेको छ ।

महाधिवेशन आयोजक कमिटी बैठकका निर्णयहरूलाई केन्द्रीय कमिटी बैठकबाट अनुमोदन समेत गरिने प्रवक्ता ज्ञवालीले बताए ।

प्रकाशित : २०७८ असार १६ गते १४:२२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI