चितवनमा असार २४ गतेसम्म निषेधाज्ञा लम्बियो

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार १६ गते १९:०५
चितवनमा असार २४ गतेसम्म निषेधाज्ञा लम्बियो

असार १६, चितवन ।
जिल्ला प्रशासन कार्यालय चितवनले असार २४ गतेसम्म निषेधाज्ञा कायम रहने निर्णय गरेको छ । पछिल्लो पटक थप भएको निषेधाज्ञा बिहीबार मध्यरातबाट सकिँदै थियो । चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बुधबार दिउँसो जारी गरेको सूचनामा कोरोना भाइरसको संक्रमण हुने जोखिम उच्च रहेको हुँदा असार २४सम्म निषेधाज्ञा कायम रहने उल्लेख छ ।

यसअघि निषेध गरेका र छुट दिएका सबै गतिविधि कायम रहने गरेर नयाँ सूचना जारी भएको हो । अधिकांश व्यापार व्यवसाय स्वास्थ्य मापदण्ड पालना गर्दै मध्यान्ह १२ बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन गर्न पाइनेछ । यस्तै मालपोत, नापी, यातायात व्यवस्था कार्यालय लगायतका बढी भिडभाड हुने  सरकारी निकाय कार्यालयहरुमा न्युनतम कर्मचारी राखेर स्वास्थ्य मापदण्ड अपनाएर सुचारु गर्न पाइने आदेशमा उल्लेख गरिएको छ ।
सार्वजनिक सवारीसाधनमा पूर्णतया रोक लगाइएपनि अत्याबश्यक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छैन । निजी सवारीसाधनको हकमा जोर गते जोर नम्बर  र विजोर गते विजोर नम्बर प्रणालीमा  ५० प्रतिशत यात्रु राखेर चलाउन पाइने छ ।

सार्वजनिक तीन पांग्रे सवारी साधानलाई बढीमा दुई जना राखेर जोर विजोरको रुपमा सञ्चालन गर्न दिने अनुमति दिएको छ । त्यस्तै निजि सवारी साधानलाई यसअघि पनि जोर बिजोरको रुपमा सञ्चालन गर्न दिँदै आएको छ ।  कोरोना संक्रमण तीव्र भएसँगै चितवनमा सुरुमा गएको वैशाख १६ गते मध्यरातबाट वैशाख मसान्तको मध्यरातसम्मका लागि निषेधाज्ञा लागेको थियो । तर संक्रमण फैलँदै गएपछि समय थप हुँदै आएको छ । पछिल्ला दिनहरुमा केही गतिविधिहरु गर्न छुट छ । तर, मानवीय चहल पहल भने ह्वात्तै बढेको छ ।

प्रकाशित : २०७८ असार १६ गते १९:०५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI