राउटे युवतीमाथि यौन दुव्र्यवहार गर्ने तीनजना पुर्पक्षका लागि कारागार चलान

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार १६ गते १९:०८
राउटे युवतीमाथि यौन दुव्र्यवहार गर्ने तीनजना पुर्पक्षका लागि कारागार चलान

सुर्खेत, असार १६ गते । राउटे युवतीमाथि यौन दुव्र्यवहार गर्ने तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । बुधबार जिल्ला अदालत सुर्खेतमा न्यायाधीश डिलप्रकाश सापकोटाको एकल इजलासले यौन दुव्र्यवहार गर्ने तीनै जनालाई कारागार चलान गर्न आदेश दिएको अदालतका से्रस्तेदार यमप्रसाद बास्कोटाले जानकारी दिनुभयो ।
जेठ २१ गते दुईजना राउटे युवतीलाई होटलमा लिएर मदिरा खुुवाई यौन दुव्र्यवहार गरेका गुर्भाकोट नगरपालिका भूपेन्द्र बुढा, दोमनबहादुर घर्ती र होटल संचालक विनोद पुनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो । युवतीमाथि यौन दुव्र्यवहार गरेको भिडियो बाहिरिएपछि जेठ २३ गते उनीहरुलाई पक्राउ गरिएको थियो ।

प्रकाशित : २०७८ असार १६ गते १९:०८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI