शशांक निवासमा पौडेल समूहको बैठकः आकांक्षी धेरै हुँदा चिन्ता, क्रियाशील सदस्यताबारे ब्रिफिङ

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार १६ गते २०:१६

काठमाडौं । नेपाली कांग्रेस भित्र संस्थापन इतर समूहको नेतृत्व गर्दै आएका रामचन्द्र पौडेल समूहले पनि महाधिवेशन लक्षित छलफल र भेटघाटलाई तिव्रता दिएकोे छ ।

अहिले कांग्रेस महामन्त्री डा.शशांक कोइरालाको निवास महाराजगंजमा कांग्रेस भित्रको पौडेल समूहको बैठक चलिरहेको छ ।

बैठकमा वरिष्ठ नेता पौडेलसहित, महामन्त्री कोइराला, कोषाध्यक्ष सितादेवी यादव, पूर्व महामन्त्री प्रकाशमान सिंह, नेताहरु अर्जुननरसिंह केसी, डा.शेखर कोइराला, डा.रामशरण महत, बलबहादुर केसी, डा.मिनेन्द्र रिजाल, कल्याण गुरुङ लगायत सहभागी छन् ।

बैठकमा सहभागी एक नेताका अनुसार नेताहरुबीच संस्थापन इतर समूहबाट महाधिवेशनमा नेतृत्वका आकांक्षी धेरै देखिदा समस्या आउन सक्ने विषयमा छलफल भइरहेको छ ।

बैठकमा सहभागी मध्ये अधिकांश नेता आगामी नेतृत्वका लागि इच्छा देखाउँदै आइरहेका छन् । उनीहरुमध्ये केहीले नेताहरुका घरघरमा पुगेर आन्तरिक भेटघाटसमेत शुरु गरिसकेका छन् ।

बैठकमा क्रियाशील छानविन समितिमा रहेका सदस्यहरु प्रदिप पौडेल, जीवन परियार र कल्याण गुरुङ पनि सहभागी भएको महामन्त्री कोइरालाका सहयोगी भरत तिवारीले जानकारी दिए ।

उनीहरुले क्रियाशील सदस्यताका विषयमा देखिएको समस्या र भइरहेका काम बारेमा नेतृत्वलाई जानकारीसहित ब्रिफिङ गरेका छन् ।

हाल कांग्रेस भित्र क्रियाशील सदस्यताको छानविनका विषयमा विवाद देखिंदै आइरहेको छ । कांग्रेसले अझै पनि विवाद निरुपणका लागि मापदण्ड बनाउन सकेको छैन ।

प्रकाशित : २०७८ असार १६ गते २०:१६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI