पूर्वी चितवनमा बाढिले पुल बगायो, मुग्लिन नारायणगढ सडक अझै खुलेन

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार १७ गते १६:०६
पूर्वी चितवनमा बाढिले पुल बगायो, मुग्लिन नारायणगढ सडक अझै खुलेन

चितवन-लगातारको वर्षाको कारण पूर्वी चितवनको लदरी खोलाको पुल बाढीले बगाएको छ ।  लदरी खोलामा आएको बाढीले चितवनको खैरहनी नगरपालिकामा पर्ने पक्की पुल भाँचिएर बगाएकाे हो ।

पुल भाँचिएपछि सवारी आवागमन पूर्णरुपमा ठप्प भएको छ । बाढिका कारण  सौराहा र आसपासका क्षेत्र समेत प्रभावित बनेका छन् । नदीमा पानीको बहाब बढ्दै  गएपछि सौराहाका रापती छेउका होटलहरुले आफ्नो सामान सुरक्षित स्थानमा सारेका छन् ।

यता गएरातिदेखि नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरोले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ । विभिन्न ठाउँमा खसेको पहिरोले सडक दुईतर्फी अवरुद्ध भएको छ । अहिले यस क्षेत्रमा निरन्तर पानी निरन्तर र पहिरोसमेत झरिरहेकाले तत्काल पहिरो पन्छाउन कठिन भएको चितवन ट्राफिक प्रमुख भगवान राज थापाले बताए ।

 

पानी पर्ने क्रम नरोकिएपछि भरतपुर महानगरपालिकाको वडा नम्बर ११ र १२ डुबानमा परेको छ । नदीनाला नभए पनि वर्खाको समयमा बग्ने घोल बढ्नुका साथै आकाशबाट परेको पानी जमेका कारण डुबानमा परेको हो ।

प्रकाशित : २०७८ असार १७ गते १६:०६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI