No ads found for this position

खतराको तहमा बागमती र बकैया, अधिकांश स्थान जलमग्न

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार १९ गते १३:५६
No ads found for this position
खतराको तहमा बागमती र बकैया, अधिकांश स्थान जलमग्न
No ads found for this position
  • यादवराज पुरी
    रौतहट, असार १९ गते । शुक्रबार रातिदेखिको मुसलधारे पानीले बकैया र बागमती नदीमा पानीको सतह उच्च भई वस्तीमा बाढी पस्ने खतरा रहेको हुँदा नदी आसपासका नागरिकलाइ सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

बागमती नदीमा शनिबार बिहान पानीको तह ७२० मिलिलिटर रहेको छ । यो उच्च जोखिमको तह भएकाले बागमतीमा रहेको सिँचाइ आयोजनाको ३० वटै ढोका खोलिएको छ । पूर्वी र पश्चिम नहरको मुख्य ढोकाहरु बन्द भने बन्द गरिएको रौतहटका प्रमुख जिल्ला अघिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । नहरको मुख्य ढोका खोलिँदा खेतीयोग्य जमिनमा अत्याधिक क्षेती हुने भएकोले नखोलिएको उहाँले बताउनुभयो ।
उहाँकाअनुसार लाल बकैया नदीमा मा पनि पानी को सतह ५ फिट भन्दामाथि रहेको छ । लालबकैया, चादी, झांझ नदीहरुमा पानीको सतह बढिरहेकाले नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । यसैबीच, राजदेवी नगरपालिकास्थित बागमती नदी किनारको स्परमा क्षेती पुगेकाले राति नै सुरक्षाकर्मीले स्पर मर्मत गरी बस्ती डुबान हुनबाट जोगाएको प्रजिअ यादवले जानकारी दिएका छन ।

रौतहटको अधिकांश स्थान जलमग्न, तीन घरमा क्षति

रौतहट, असार १९ गते । केही दिनदेखीको अविरल वर्षाले रौतहटको अधिकांश स्थान जलमग्न हुँदा आवत जावतमा समस्या छ । जिल्लाका मुख्य व्यापारीक केन्द्र चन्द्रनिगाहपुर, गरुडा, कटहरिया, सदरमुकाम गौर जलमग्न हुँदा अन्तरजिल्ला आवतजावतमा समस्या भएको हो ।
पूर्व–पश्चिम राजमार्गको चन्द्रपुर २ खण्ड स्थित कजवेमा बाढी आउँदा सवारीसाधन सञ्चालनमा समस्या भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) लिलाराज लामिछानेले जानकारी दिनुभयो ।
उक्त स्थानमा सवारी साधन र सर्वसाधारणलाई आरपार गराउन २४ घण्टा प्रहरी परिचालन गरिएको डिएसपी लामिछानेले बताउनुभयो । उता, सदरमुकाम गौर जाने चन्द्रनिगाहपुर– गौर सडकको सवगढवामा रहेको कजवेमा समेत बाढी पसेको कारण अवरुद्ध बनेको सडक आरपार गराउन प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिनुभयो । यसैबीच, अविरल वर्षाका कारण जिल्लाको विभिन्न स्थानमा गरी तीन घरमा क्षती पुगेको छ । जिल्लाको दुर्गा भगवती गाँउपालिका–५ गढैयाका संजीवकुमार गिरीको घरमा बाढी पस्दा एक लाख, राजपुर नगरपालिका–२ बलुवाका शेखअबु मोहम्मदको घरमा बाढी पस्दा दुई लाख र यमुनामाई गाँउपालिका–२ भेडीयाहीका आनन्दी ठाकुरको घरमा बाढी पस्दा तीन लाख रुपियाँ बजारबरको क्षती भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

जंगली हात्ती गाँउ प्रवेश, एक घर भत्कायो

वर्षाको त्राससँगै रौतहटमा जंगली हात्तीको समेत त्रास बढेको छ । हात्तीले शुक्रबार राति जिल्लाको गरुडा नगरपालिका महादेवस्थानका रामबलास बैठाको घर भत्काएको छ । शनिबार विहान भने माधवनाराण नगरपालिका गाउँ प्रवेश गरेको स्थानीय जयराज गुप्ताले जानकारी दिनुभयो ।
हात्ती गाँउमा घुमिरहेको जानकारी प्राप्त हुनासाथ चितवन र बाराको निकुञ्जबाट हात्ती नियन्त्रण टोली बोलाइएको रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताउनुभयो । हात्ती नियन्त्रणमा लिन वन कर्मचारी र नेपाली सेनाको वन्यजन्तु नियन्त्रण (रेस्क्यु)टोली नपुगुञ्जेल स्थानीयलाई सतर्क रहन उहाँको आग्रह छ । गोर्खापत्र अनलाइन खबर बाट

प्रकाशित : २०७८ असार १९ गते १३:५६
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI