No ads found for this position

इन्स्टाग्रामबाट सर्वाधिक कमाउने सेलिब्रेटीमा रोनाल्डो पहिलो नम्बरमा

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार १९ गते २०:५०
No ads found for this position
इन्स्टाग्रामबाट सर्वाधिक कमाउने सेलिब्रेटीमा रोनाल्डो पहिलो नम्बरमा
No ads found for this position

काठमाडौं । सन् २०१० मा सुरुवात भएको इन्स्टाग्राम फोटो शेयरिङ एपको रुपमा जन्मिएको थियो । समय बित्दै जाँदा एपमा विभिन्न परिमार्जन हुँदै आजसम्म आइपुगेको छ । यसक्रममा एपमा च्याट र भिडिओ कल लगायत सञ्चारका अन्य सुविधाहरू पनि थपिएका छन् ।

पछिल्लो समयमा यो एप व्यावसायिक रुपमा पनि राम्रो अवस्थामा छ । धेरै फलोअर भएका प्रयोगकर्ताहरूले आफ्नो इन्स्टाग्राम अकाउन्टमार्फत विभिन्न कम्पनीको उत्पादन तथा सेवाको प्रवर्द्धन गरेर पैसा कमाउने गरेका छन् ।

साना व्यवसायदेखि ठूलाठूला कम्पनीहरूले इन्स्टाग्राममा धेरै फलोअर भएका सेलिब्रेटीबाट आफ्नो सेवा तथा उत्पादन प्रवर्द्धन गराउँछन् ।

को हुन्, इन्स्टाग्रामबाट सर्वाधिक पैसा कमाउने १० उत्कृष्ट सेलिब्रेटी ?

१. क्रिष्टियानो रोनाल्डो 

विश्व फुटबलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो इन्स्टाग्रामबाट धेरै पैसा कमाउने सेलिब्रेटीको पहिलो नम्बरमा छन् । रोनाल्डोले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा स्पोन्सर सामग्री पोस्ट गरेको १६ लाख अमेरिकी डलर अर्थात नेपाली १८ करोड रुपैयाँसम्म लिने गर्छन् ।

युरोकप २०२० को पोस्ट म्याच प्रेस मिटमा कोकाकोलाको बोतल हटाएर तहल्का मच्चाएका पोर्चुगलका कप्तान रोनाल्डो इन्स्टाग्रामको प्रभावशाली सेलिब्रेटीको रुपमा उभिन सफल भएका हुन् । इन्स्टाग्रामको इतिहासमा कुनै पनि फुटबल खेलाडी सर्वाधिक आम्दानी गर्ने सूचीमा एक नम्बरमा आएको यो नै पहिलो पटक हो ।

यसभन्दा अगाडि प्राय: अमेरिकी टेलिभिजन, चलचित्र तथा साङ्गीतिक क्षेत्रका सेलिब्रेटीहरू सूचीको पहिलो नम्बरमा स्थापित हुने गर्थे । गत वर्षको तुलनामा रोनाल्डोको इन्स्टाग्राम चार्ज करिब ५० प्रतिशतले बढेको छ ।

सन् २०१९ मा रोनाल्डोको इन्स्टाग्राम स्पोन्सर चार्ज ८ लाख ८९ हजार अमेरिकी डलर अर्थात करिब १० करोड ६० लाख रुपैयाँ रहेको थियो । ३६ वर्षीय रोनाल्डोले वार्षिक रुपमा इन्स्टाग्रामबाट चार करोड डलर अर्थात करिब चार अर्ब ७७ करोड रुपैयाँ आम्दानी गर्नेगरेको आँकलन छ ।

यो रकम उनले युभेन्टस क्लबबाट पाउने मासिक तलबभन्दा धेरै हो । रोनाल्डो इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर भएका व्यक्ति समेत हुन् ।

होपरएचक्यू डटकम (HopperHQ.com) का सहसंस्थापक माइक बन्डरका अनुसार युरोकपको सुरुवातदेखि नै रोनाल्डोका फलोअर्स अझ धेरै बढेका छन् । रोनाल्डोले इन्स्टाग्राममा हेयर केयर (कपालको हेरचाह) सम्बन्धी ब्रान्डहरूको प्रोमोसन गरिरहेका छन् ।

२. ड्वेन जोनसन 

रेसलिङमा रकको नामले परिचित अमेरिकी कलाकार ड्वेन जोनसनले इन्स्टाग्रामको चार्ज पाँच लाख अमेरिकी डलर अर्थात पाँच करोड ९६ लाखले बढेको छ । यद्यपि रोनाल्डो पछि इन्स्टाग्रामबाट धेरै पैसा कमाउनेको सूचीमा उनी दोस्रो स्थानमा छन् ।

उनले इन्स्टाग्राममा एउटा पोस्ट गरेको १५ लाख २० हजार अमेरिकी डलर चार्ज गर्छन् । जुन करिब १८ करोड १३ लाख रुपैयाँ हुन आउँछ । फोर्ब्सका अनुसार जोनसन सन् २०२० मा सबैभन्दा धेरै पारिश्रमिक बुझ्ने कलाकार हुन् ।

उनको पारिश्रमिक करिब आठ करोड ७५ लाख अमेरिकी डलर अर्थात करिब १० अर्ब रुपैयाँ छ । जोनसनले इन्स्टाग्राममा टेरेमाना टकिला लगायतका विभिन्न ब्रान्डहरूको सशुल्क प्रवर्द्धन गरिरहेका हुन्छन् । इन्स्टाग्राममा जोनसनका करिब २५ करोड फलोअर्स छन् ।

३. अरियाना ग्रान्डे 

इन्स्टाग्रामबाट धेरै पैसा कमाउने सेलिब्रेटीको सूचीमा तेस्रो नम्बरमा अमेरिकी गायिका अरियाना ग्रान्डे छिन् । उनले इन्स्टाग्राममा प्रवर्द्धन गरे वापत प्रति पोस्टको १५ लाख १० हजार अमेरिकी डलर अर्थात करिब १८ करोड रुपैयाँ चार्ज गर्छिन् ।

इन्स्टाग्राममा उनका २४ करोड ८० लाख फलोअर्स छन् । सन् २०१९ मा उनी इन्सटाग्रामबाट धेरै कमाउने सेलिब्रेटीहरूको सूचीमा दोस्रो नम्बरमा रहेकी थिइन् । उनी इन्स्टाग्राममा सौन्दर्य सम्बन्धी सामग्रीहरूको प्रोमोसन गर्छिन् ।

४. काइली जेनर 

Kylie Jenner: Forbes 'exposes' Kylie's 'web of lies', claims she is no  longer a billionaire, Jenner says she never asked for the title - The  Economic Times

काइली जेनर इन्स्टाग्रामबाट धेरै पैसा कमाउनेमा सेलिब्रेटीको चौथो नम्बरमा छिन् । काइलीको आफ्नै काइली कस्मेटिक ब्रान्ड छ । सौन्दर्यसँग सम्बन्धित क्षेत्रमा उनी एक प्रभावशाली व्यक्तिको रुपमा चर्चित छिन् ।

इन्स्टाग्राममा एउटा पोस्ट प्रमोट गरे बापत काइलीले करिब १४ लाख ९० हजार अमेरिकी डलर अर्थात  करिब १७ करोड ७७ लाख रुपैयाँ पारिश्रमिक लिने गरेकी छिन् ।

उनी इन्स्टाग्राममा बाल्मेन फेसनको लागि आफैंले डिजाइन गरेका विभिन्न प्रडक्टहरूको प्रोमोसन गर्दै आएकी छिन् । काइलीको इन्स्टाग्राममा करिब २४ करोड ५० लाख फलोअर्स छन् ।

५. सेलेना गोमेज 

स्पेनिस गायिका तथा नायिका सेलेना गोमेज इन्स्टाग्रामबाट धेरै पैसा कमाउने सेलिब्रेटीको सूचीमा पाचौँ नम्बरमा पर्छिन् । उनले इन्स्टाग्राममा एउटा पोस्ट गरेबापत १४ लाख ६० हजार अमेरिकी डलर अर्थात करिब १७ करोड ४१ लाख रुपैयाँ चार्ज गर्छिन् ।

पछिल्ला केही वर्षहरूमा सेलेना इन्स्टाग्राम प्रयोगकर्ताबीच निकै चर्चित छिन् । सेलेना प्रायजसो फेसन, जीवनशैली लगायत सौन्दर्यसँग सम्बन्धित ब्रान्डहरुको प्रोमोसन गर्ने गर्छिन् ।

उनले अमेरिकन शैक्षिक संस्थासँगको सहकार्यमा पनि इन्स्टाग्राममा विभिन्न समग्रीहरु प्रबर्द्धन गर्छिन् । हाल इन्स्टाग्राममा उनका २४ करोड ४१ लाख फलोअर्स छन् ।

६. किम कार्दशियन 

इन्स्टाग्राममा सर्वाधिक पैसा कमाउने सेलिब्रेटीको सूचीमा छैँठौँ स्थानमा छिन्, किम कार्दशियन । इन्स्टाग्राममा २३ करोड ३० लाख फलोअर्स भएकी किमले एउटा पोस्ट प्रमोट गरेको करिब १४ लाख १० हजार अमेरिकी डलर अर्थात् १६ करोड ८२ लाख रुपैयाँ लिने गर्छिन् ।

गत वर्षको तुलनामा यो वर्ष किमले लिने मूल्य ५ पाँख लाख ६० हजार अमेरिकी डलरले बढेको छ ।

७.लियोनल मेस्सी 

इन्स्टाग्रामबाट धेरै पैसा कमाउनेहरुको सूचीमा सातौँ स्थानमा छन्, अर्जेन्टिनी फुटबलर लियोनल मेस्सी । रोनाल्डोका प्रतिद्धन्द्धी मेस्सीको इन्स्टाग्राममा २२ करोड ४० लाख फलोअर्स छन् ।

मेस्सीले एउटा पोस्ट प्रमोट गरेकाे करिब ११ लाख ६० हजार अमेरिकी डलर अर्थात् १३ करोड ८३ लाख रुपैयाँ लिन्छन् । मेस्सीले खेलकुद सम्बन्धी ब्राण्डका साथै अन्य थुप्रै प्रकारका प्रमोसन गर्ने गरेका छन् ।

८. वियोन्से नोलेस 

अमेरिकी गायिका वियोन्से नोलेस इन्स्टाग्राममा धेरै पैसा कमाउनेमा आठौँ स्थानमा पर्छिन् । इन्स्टाग्राममा वियोन्सेका १९ करोड फलोअर्स छन् । वियोन्सेले आफ्नो इन्स्टाग्राममा एउटा प्रोमोसनल पोस्ट गरेको ११ लाख ४० हजार अमेरिकी डलर अर्थात् १३ करोड ५९ लाख रुपैयाँ लिने गर्छिन् ।

९. जस्टिन विवर 

अर्का चर्चित अमेरिकी गायक जस्टिन विवर इन्स्टाग्रामका सर्वाधिक पैसा कमाउने अर्का सेलिब्रेटी हुन् । उनी यो सूचीमा नवौँ स्थानमा छन् । विवरको इन्स्टाग्राममा १८ करोड फलोअर्स छन् ।

इन्स्टाग्राममा एउटा पोस्ट प्रमोट गरे वापत उनले ११ लाख अमेरिकी डलर अर्थात् करिब १३ करोड १२ लाख रुपैयाँ लिने गरेका छन् । विवरले आफ्नो इन्स्टाग्राम अकाउन्टमा फेसन लगायतका ब्रान्डहरूको प्रमोट गर्ने गरेका छन् ।

१०. केन्डल जेनर 

इन्स्टाग्रामबाट धेरै पैसा कमाउने टप टेन सेलिब्रेटीको अन्तिम स्थानमा छिन्, केन्डल जेनर । इन्स्टाग्राममा १७ करोड २० लाख फलोअर्स भएकी जेनरले एउटा पोस्ट प्रवर्द्धन गरेबापत १० लाख अमेरिकी डलर अर्थात् १२ करोड ५२ लाख रुपैयाँ लिने गरेकी छिन् ।

प्रकाशित : २०७८ असार १९ गते २०:५०
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI