No ads found for this position

चितवनमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, ३ जना घाइते

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार २० गते १७:३५
No ads found for this position
चितवनमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, ३ जना घाइते
No ads found for this position

चितवन — गलत साइडमा गएर समान बोकेको ट्रकले दुइटा स्कुटरलाई ठक्कर दिँदा आइतबार दिउँसो चितवनमा एकजना महिलाको मृत्यु भएको छ । एकजना स्कुटर चालक गम्भीर घाइते भएका छन् । अन्य दुईको अवस्था भने सामान्य छ ।

नारायणगढ–मुग्लिन सडकको आँपटारी नजिक पानी ट्याङ्कीमा दिउँसो तीन बजेतिर लम्जुङ जाँदै गरेको ग १ ख ९७५६ नम्बरको फलाम बोकेको ट्रकले दुई स्कुटरलाई ठक्कर दिएको थियो ।

ठक्करका कारण वाग्मती प्रदेश ३–००३ प ३५४३ नम्बरको स्कुटरको पछाडि बसेकी तनहुँ देवघाट–१ की ४२ वर्षीया चिनीमाया पौडेलको घटनास्थलमै मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सूर्य थापाले बताए । उक्त स्कुटरका चालक भरतपुर–११ बस्ने ३५ वर्षीय पुष्पराज बास्तोलाको अवस्था गम्भीर रहेको छ । उनको भरतपुरमा रहेको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

त्यसैगरी ट्रकले ठक्कर दिएको प्रदेश २–०३–००७ प ७१९६ नम्बरको अर्को स्कुटर चालक देवघाट–५ का ३० वर्षीय तिलबहादुर गुरुङ र स्कुटर पछाडि बसेकी सोही ठाउँकी ३५ वर्षीया सिरु गुरुङ सामान्य घाइते भएको चितवन प्रहरीले जनाएको छ । उनीहरु दुई जनाको नयाँ मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ ।

प्रकाशित : २०७८ असार २० गते १७:३५
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI