आयोगले सार्वजनिक गर्‍यो निर्वाचन कार्यतालिका

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार २१ गते १३:५९
आयोगले सार्वजनिक गर्‍यो निर्वाचन कार्यतालिका

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको तालिका सार्वजनिक गरेको छ । सरकारले प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ गते पहिलो चरण र मंसिर ३ गते दोस्रो चरणको निर्वाचन घोषणा गरेको थियो ।

आयोगको कार्यतालिका अनुसार पहिलो चरणको निर्वाचनका लागि असोज २० उमेदवारी मनोनयन, असोज २५ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ ।

त्यस्तै, दोस्रो चरणका लागि असोज ३१ गते उमेदवारी मनोनय दर्ता गर्ने, कात्तिक ५ गते उमेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने आयोगको कार्यतालिका छ ।

प्रकाशित : २०७८ असार २१ गते १३:५९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI