प्राकृतिक चिकित्सालय रजहरका अध्यक्ष सहित १८ जना कांग्रेसमा प्रवेश

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार २२ गते १५:५३
प्राकृतिक चिकित्सालय रजहरका अध्यक्ष सहित १८ जना कांग्रेसमा प्रवेश

देवचुली । सामुदायिक प्राकृतिक चिकित्सालय रजहरका अध्यक्ष सन्तबहादुर क्षेत्री सहित डेढ दर्जन व्यक्ति नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

देवचुली १६ रजहरमा भएको कार्यक्रममा क्षेत्री सहितका १८ जना व्यक्ति कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस देवचुली नगर सदस्य चित्रध्वज जिसिले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस देवचुली नगर कार्य समितिले आयोजना गरेको पार्टी प्रवेश तथा स्वागत कार्यक्रममा पूर्व सांसद महेन्द्रध्वज जिसिले नव प्रवेशीलाई अविर र खादा लगाई स्वागत गर्नुभएको थियो ।

नेपाली कांग्रेस देवचुली नगर सभापति पूर्णकुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा क्षेत्र नम्बर १ क का प्रदेश सभापति खेम सापकोटा, तरुण दलका पूर्व जिल्ला अध्यक्ष अमृत भट्टचन लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित : २०७८ असार २२ गते १५:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI