नारायणगढ–मुग्लिन सडक खण्डमा निरन्तर पहिरो, भोली बिहान सम्म नखुल्ने

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार २२ गते २२:५१
नारायणगढ–मुग्लिन सडक खण्डमा निरन्तर पहिरो, भोली बिहान सम्म नखुल्ने

चितवन-चितवनको नारायणगढ–मुग्लिन सडक खण्डमा एक सातादेखि निरन्तर पहिरो खसिरहेको छ ।

पहिरोको कारण सडक पटक–पटक अबरुद्ध हुँदै आएको छ । पछिल्लो सोमबार रातिदेखि अवरुद्ध सडक आज (मंगलबार)सम्म पनि पूर्ण रुपमा संचालनमा आउन सकेन । अहिले पनि यस सडक खण्डको सेती दोभानलगायतका ठाउँमा निरन्तर पहिरो खसिरहेको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले भोलि (बुधबार) विहानसम्मका सडक अवरुद्ध नै रहेको जानकारी दिए । उनले भने–‘अहिले पनि पहिरो खसिरहेको छ, रातको समयमा काम गर्न गाह्रो छ, भोलि विहानबाट मात्र पहिरो पन्छ्याउने काम हुन्छ ।’

प्रकाशित : २०७८ असार २२ गते २२:५१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI