त्रिभुवन विश्वविद्यालयको स्थगित परीक्षाफल असारभित्रै

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार २३ गते ७:४१
त्रिभुवन विश्वविद्यालयको स्थगित परीक्षाफल असारभित्रै
A view of Tribhuvan University building in Kirtipur, on Friday, March 08, 2019. Photo: Mausam Shah Nepali/THT

कीर्तिपुर । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण रोकिएका स्नातक तहका विभिन्न तहका परीक्षाफल यसै महिनाभित्र प्रकाशित गर्ने भएको छ ।

विद्यार्थीलाई स्नातकोत्तर तहमा नयाँ भर्नाका लागि समय मिल्ने गरी असारभित्र परीक्षाफल प्रकाशित गर्ने गरी तयारी भइरहेको जानकारी विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले दिएको छ । स्नातकोत्तर तहमा भर्ना चाँडै सुरु गरिने जनाइएको छ ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले कार्यालयका कर्मचारीमा कोरोनाको प्रभावका कारण परीक्षाफल प्रकाशनमा समस्या देखिएको बताउँदै परीक्षाफल असारभित्र प्रकाशित गरिने बताउनुभयो । स्नातक तह तेस्रो र चौथो वर्षको परीक्षाफल प्रकाशित हुन सकेको छैन । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित : २०७८ असार २३ गते ७:४१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI