गैँडाकोटबाट फेरी अर्की किशोरी बेपत्ता

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार २३ गते १४:४५
गैँडाकोटबाट फेरी अर्की किशोरी बेपत्ता

गैँडाकोट । गैँडाकोटबाट फेरी अर्की किशोरी बेपत्ता भएकी छन् । गैँडाकोट ४ बाट २१ बर्षिया पुनम घर्ती वेपत्ता भएकी हुन् । उनि १२ दिनदेखी सम्पर्कविहिन भएको उनकी आमा छमि घर्तीले बताउनुभयो । ब्वाय कट कपाल काटेकी उनि एक हप्ताअघि नारायणगढ पुल्चोक आसपासमा देखिएको खबर प्राप्त भएपनि हालसम्म नभेटिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो “गत ११ गते बिहान खेत रोप्न जाँदा छोरी घरमै सुतिरहेकी थिईन्, मध्यान्ह् १२ बजे आई हेर्दा छोरी घरमा थिईनन् ।” उनका अनुसार छोरी पुनम सुस्त मनस्थितीको रहेको र गत फागुनदेखी औषधी सेवन गर्दै आईरहेकी थिईन् । उनिहरु गुल्मी मालिका गाउँपालिका २ घर भई गैँडाकोट ४ मा डेरामा बस्दै आएका थिए ।

पुनम यसअघि पनि  ५ महिना सम्पर्कविहिन भएकी थिईन् । ५ महिनापछि बुटवलमा फेला परेकी आमा छमि घर्तीले बताउनुभयो । उनको खोजीमा पहल गरिदिन वा कसैले देखेको भए खबर गरिदिन उहाँले आग्रह गर्नुभयो ।

प्रकाशित : २०७८ असार २३ गते १४:४५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI