चितवनमा असार ३१ गतेसम्म निषेधाज्ञा थप, के-के संचालन गर्न पाउने के-के नपाउने ? (आदेशसहित)

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार २३ गते २०:१३
चितवनमा असार ३१ गतेसम्म निषेधाज्ञा थप, के-के संचालन गर्न पाउने के-के नपाउने ? (आदेशसहित)

चितवन : चितवनमा थप एक साताका निषेधाज्ञा थपिएको छ । विहिवार राति १२ बजेदेखि लागू हुने गरी असार ३१ गतेसम्म निषेधाज्ञा थपिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।

चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश

नयाँ भेरियन्ट सहितको कोभिड -१ ९को संक्रमणको जोखिम यस जिल्लामा अझै सम्म पनि उच्च रहेको हुँदा उक्त संक्रमणको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकार मन्त्रिपरिषदको निर्णय , कोभिड -१ ९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश , २०७८ को दफा ( ४ ) , संकामक रोग ऐन २०२० को दफा ( २ ) र स्थानीय प्रशासन ऐन २०२८ को दफा ( ६ ) को उपदफा ( ३ ) ले दिएको अधिकार प्रयोग गरी मिति २०७८।०१।१५ गते जारी गरिएको आदेशलाई तपशिल बमोजिम हुने गरी मिति २०७८ । ०३ । २४ गते राती १२:०० बजे देखि मिति २०७४।०३।३१ गते राती १२:०० बजे सम्म चितवन जिल्लाभर लागू हुने गरी निरन्तरता दिइएको व्यहोरा अनुरोध छ ।

क ) संचालन गर्न नपाइने सेवा तथा कार्य :

१. भौतिक रूपमा उपस्थित भई हुने सबै प्रकारका सभा , सम्मेलन , सेमिनार , जात्रा , महोत्सव सवालन ।

२. सिनेमा , पार्टी प्यालेस , हेल्थ क्लब , दोहोरी रेष्टुरेन्ट , फनपार्क , फुटसल , फिटनेस सेन्टर , जिमखाना , स्पा , स्वीमिङ्गपुल , ब्युटीपार्लर तथा सैलुन सञ्चालन

३. विश्वविद्यालय , क्याम्पस , विद्यालय लगायत सबै शैक्षिक संस्थाहरूमा भौतिक रुपमा उपस्थित भई हुने पठन / पाठन लगायतका शैक्षिक गतिविधि ।

४. विवाह , ब्रतबन्ध लगायत संस्कारजन्य कार्यक्रमहरु होटल तथा पार्टी प्यालेसमा संचालन गर्न नपाइने । तर घरमा संचालन गर्ने यस प्रकारका कार्यक्रममा बढीमा १५ जनामा नबढ्ने गरी तोकिएका जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड अनिवार्य पालना गरी गर्ने ।

५. मठ , मन्दिर , मस्जिद , गुम्वा तथा चर्च लगायतका धार्मिक स्थलमा दैनिक नित्य पुजा बाहेक अन्य जमघट गर्न नपाइने ।

ख ) संचालन गर्न पाइने सेवा तथा कार्य :

१. औषधि , अक्सिजन सिलिण्डर तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल एग्रोभेट तथा भेटेरीनरी औषधि पसल , पुस्तक तथा स्टेशनरी पसल सञ्चालन ।

२. जिल्ला स्थित सबै सरकारी कार्यालयहरूले जनस्वास्थ्यका निर्धारित मापदण्ड अनिवार्य रूपमा पालना गर्ने सुनिश्चितता गरी सेवा प्रवाह गर्ने । बढि भिडभाड हुने कार्यालयहरूले हप्ताको बार अनुसार फरक / फरक बार सेवाप्रवाह हुने स्थानीय तह तोकी आलोपालो प्रणाली अवलम्बन गरी भिडभाड नहुने प्रबन्ध मिलाई सेवाप्रवाह गर्ने ।

३. खाद्यान्न , तरकारी , फलफूल , दुध डेरी माछा / मासु , अण्डा , चल्ला , दाना , खाना पकाउने ग्याँस सम्बन्धी पसल , एग्रोभेट , बिउबिजन , रासायनिक मल र भेटेनरी औषधि पसल दैनिक रुपमा सञ्चालन गर्न पाइने ।

४. इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स पसल , भाँडा पसल , कपडा पसल , फेन्सी पसल , कस्मेटिक तथा गिफ्ट पसल , सुनचाँदी पसल , पुजा सामाग्री पसल , फर्निचर तथा फर्निसिङ , अटोमोबाइल , मोटरपार्ट्स , जुत्ता चप्पल , टेलरिङ , प्रेस तथा फोटोकपी पसल , वर्कशप , निर्माण सामग्री बिहान ११:०० बजे देखि साँझ ७:०० बजे सम्म सञ्चालन गर्न पाइने ।

५. खाजा घर , रेष्टुरेण्ट र मिठाई पसलहरुबाट टेकअवे र होमडेलिभरी बिहान ११:०० बजे देखि साँझ ७:०० बजे सम्म हुनेगरी मात्र सञ्चालन गर्ने पाइने ।

६. जनस्वास्थ्यका निर्धारित मापदण्ड अनिवार्य रूपमा पालना गर्ने सुनिश्चितता गरी बैंक , वित्तीय संस्था , सहकारी , विमा तथा रेमिट सेवा सञ्चालन गर्न पाइने ।

७. उद्योग / कलकारखानाको हकमा जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गरी सञ्चालन गर्ने । नियमित कामदारहरुको परिक्षणको व्यवस्था गर्ने ।

८. होटेल / लज सञ्चालन सम्बन्धमा जनस्वास्थ्यका निर्धारित मापदण्ड पालन गरी कुल कोठा संख्याको एक तिहाई संख्या नबढ्ने गरी सञ्चालन गर्न पाइने । कोठाहरु प्रत्येक दिन अनिवार्य रुपमा निसंक्रमण गर्ने ।

ग ) संचालन गर्न पाइने सवारी साधनहरु :

१. अत्यावश्यक सेवामा प्रयोग गरिने सवारी साधनहरु , खाद्यान्न लगायत अत्यावश्यक उपभोग्य सामग्री ढुवानी गर्ने सवारी साधनहरु , निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनहरु , मालवाहक सवारी साधनहरु , सरसफाई तथा फोहोर मैला व्यवस्थापन कार्यमा प्रयोग हुने सवारी साधनहरु ।

२. समाचार संकलन / संप्रेषणका लागि परिचयपत्र बाहक संचारकर्मीले प्रयोग गरेका र पत्रपत्रिका वितरणका लागि प्रयोग भएका सवारी सधान ।

३. अन्तराष्ट्रिय उडानबाट विदेश जाने यात्रुहरूको हकमा हवाइ टिकट , पासपोर्ट र भिषाको निस्साको आधारमा सिधै एयरपोर्ट सम्म जाने सवारी साधन ।

४. राजमार्ग भई अन्य जिल्लामा जाने सवारी साधनहरु ।

५. जिल्ला भित्र संचालन हुने सार्वजनिक सवारी साधनमा जोर गते जोर नम्वर र विजोर गते विजोर नम्बरका सवारी साधनमा देहायका मापदण्ड गर्ने गरी सञ्चालन गर्ने :

  • सिट क्षमता भन्दा बढी यात्रु नराख्ने
  •  सबै यात्रुहरुले अनिवार्य रुपमा मास्क लगाउने
  • मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने
  • चालक र सहचालकले अनिवार्य मास्क र भाइजर लगाउने
  • सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्ने
  • अनिवार्य रुपमा सवारी साधन दैनिक निसंकमण ( Disinfection ) गर्ने

६. तोकिएको मापदण्ड पुरा गरी संचालन गरिने पूर्व निर्धारित परीक्षाको हकमाः

  • २५ जना भन्दा बढी परिक्षार्थीहरु भेला जम्मा नहुने गरी परीक्षा सञ्चालन गर्ने
  • एकै दिनमा २५ जना भन्दा बढी परिक्षार्थी जम्मा हुने अवस्था भएमा Shift Wise परीक्षा सञ्चालन गर्ने
  • परीक्षार्थीहरु हलमा प्रवेश गर्नु पूर्व र परीक्षा समाप्त भए पश्चात मापदण्ड बमोजिमको भौतिक दुरी कायम हुने व्यवस्था मिलाउने
  • एउटा Shift का सबै परिक्षार्थीहरु परीक्षास्थलबाट पूर्ण रुपमा बाहिरिए पछि मात्र अर्को Shift सँग सम्बन्धित व्यक्तिहरु प्रवेश गर्न मिल्ने गरी फरक समय राख्ने
  • परीक्षा सञ्चालनको क्रममा जनस्वास्थ्यका मापदण्डहरुको अनिवार्य पालना गरी मास्क तथा स्यानिटाइजरको उचित प्रयोग गर्नुका साथै प्रत्येक Shift मा परीक्षा हल अनिवार्य रुपमा निसंक्रमण ( Disinfection ) गर्ने

घ ) संक्रमण दर घट / बढ भएमा यस आदेशमा भएका ब्यवस्थाहरु जुनसुकै समयमा पनि पुनरावलोकन गर्न सकिनेछ ।

ङ ) साथै उल्लिखित आदेशको पालना तथा कार्यान्वयनमा यस अघि झै आवश्यक सहयोग , समन्वय तथा सहजिकरण हुन सम्बद्ध सबै सरोकारवाला र आम चितवनबासी दिदीबहिनी तथा दाजुभाई समक्ष हार्दिक अनुरोध छ ।

च ) उल्लिखित आदेशको अवज्ञा गर्ने वा आदेशको कार्यान्वयनमा बाधा हुने गरी कुनै कार्य गरे / गराएको पाइएमा प्रचलित कानून वमोजिम कारबाही हुने व्यहोरा समेत जानकारी गराईन्छ

प्रकाशित : २०७८ असार २३ गते २०:१३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI