कावासोती जलमग्न, सडक भासिएपछि राजमार्ग अबरुद्ध

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार २४ गते १०:२६
कावासोती जलमग्न, सडक भासिएपछि राजमार्ग अबरुद्ध

कावासोती । बिहानैदेखि परेको बर्षाले पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजार जलमग्न भएको छ ।केरुङ्गे खोलामा आएको बाढी पसेपछि कावासोती जलमक्ष्न बनेको छ । पूर्वपश्चिम राजमार्गको सडक माथिबाट पानी बगिरहेको छ ।

डिभिजन वन कार्यलय कावासोती अगाडिको कलवर्ड पानी बहावले बगाएपछि सडक भासिएको छ ,जसले गर्दा पूर्वपश्चिम राजमार्ग ठप्प भएको छ । कावासोतीको बिपिचोकमा रहेका पसल तथा घरभित्रै पानी पसेका छन ।

कावासोतीका धेरै घरभित्र पानी पसेको छ ।कावासोतीको फलफुल चोक देखि सभापति चोक सम्म सडकमाथि नै पानी खोला झै बगिरहेको छ ।पानी अझै पनि निरन्तर परिरहेकाले नदी तटिय क्षेत्रमा रहेका स्थानिय सर्तक रहन प्रसाशनले आग्रह गरेको छ ।

प्रकाशित : २०७८ असार २४ गते १०:२६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI