सुजिता भण्डारीको पोष्टमार्टम रिपोर्ट : बलात्कार नभएको पुष्टि

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार २४ गते १८:१४
सुजिता भण्डारीको पोष्टमार्टम रिपोर्ट : बलात्कार नभएको पुष्टि

काठमाडौँ । चितवनको ब्रह्मास्थानी सामुदायिक वनमा मृत फेला परेकी सुजिता भण्डारीको पोष्टमार्टम रिपोर्टमा बलात्कार नभएको पुष्टि भएको छ ।

पोष्टमार्टम रिपोर्टमा शरीरमा कुनै किसिमको चोट पटक नदेखिएको तर दायाँ हातमा ब्लेडले थोरै काटिएको तर बलात्कार नभएको केन्द्रीय अनुसन्धान ब्युरोका डिआईजी धिरज प्रताप सिंहले बताउनुभएकाे हाे । सुजिताको शवको पोष्टमार्टम त्रिवि शिक्षण अस्पतालमा गरिएको हो ।

डिआईजी सिंहले भन्नुभयो,“कसैले गर्भवती छ भन्ने भनिरहेका थिए, तर त्यस्तो केही छैन ।” पोष्टमार्टम रिपोर्ट आएको तर अहिले हेर्न भने नमिल्ने उहाँले बताउनुभयो ।

पोष्टमार्टमबाट सुजिताको ‘हाइमेन नच्यातिएको’ भेटिएको डिआईजी सिंहले बताउनुभयो । उहाँले भन्नुभयो,“हाइमेन च्यातिएको छैन, रिपोर्टसँगै सुजितामाथि बलात्कार नभएको पुष्टि भएको छ ।

भि–सेरा परीक्षणका लागि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)मा पठाइएको छ ।” भि–सेरा परीक्षणबाट विष खाएको वा नखाएको पत्ता लाग्ने उहाँको भनाइ छ । चितवनको राप्ती नगरपालिका–३ घर भएकी २३ वर्षीया सुजिताको शव आइतबार साँझ भेटिएको थियो । असार ११ मा विहान ६ बजे घरबाट हिँडेकी सुजिताले त्यही दिन दिउँसो दिदीलाई फोन गरेर आफू अपहरणमा परेको जानकारी गराएकी थिइन् ।-गोरखापत्र अनलाईन

प्रकाशित : २०७८ असार २४ गते १८:१४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI