क्रियाशील सदस्य नटुंगिएका कारण निर्धारित मितिमै महाधिवेशन हुने–नहुनेमा प्रश्न उब्जियो: महामन्त्री कोइराला

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार २४ गते १८:२७
क्रियाशील सदस्य नटुंगिएका कारण निर्धारित मितिमै महाधिवेशन हुने–नहुनेमा प्रश्न उब्जियो: महामन्त्री कोइराला

कांगेस महामन्त्री शशांक कोइरालाले क्रियाशील सदस्य नटुंगिएका कारण निर्धारित मितिमै महाधिवेशन हुने–नहुनेमा प्रश्न उब्जिएको बताएका छन् । बिहीबार पत्रकारसँग कुरा गर्दै महामन्त्री कोइरालाले पार्टीको क्रियाशील सदस्य नटुंगिएका कारण निर्धारित मितिमै महाधिवेशन हुने वा नहुनेमा प्रश्नचिह्न खडा भएको बताएका हुन् ।

विभिन्न जिल्लाबाट उजुरी आएको भन्दै उनले असार महिनाभित्र क्रियाशील सदस्य नटुंगिएमा महाधिवेशनप्रति आशंका पैदा हुने बताए । क्रियाशील सदस्य छिटो टुंग्याउन आफूहरूले भरमग्दुर प्रयास गरेको उनले बताए ।

उनले भने, ‘क्रियाशील सदस्य यो महिनाभित्र गर्न सकिएन भने त आशंका भइहाल्यो नि । यति जटिल छ अहिले क्रियाशील सदस्यको बारेमा । ४६ जिल्ला भइसक्यो, त्यसमा पनि उजुरीहरू आएको छ, त्यसलाई पनि हेर्नुप¥यो । तसर्थ अहिलेको अवस्थामा भन्न सकिँदैन कि टाइममा नै अधिवेशन हुन्छ कि हुँदैन, प्रश्नचिह्नचाहिँ छ । तर, हाम्रो ध्यान त्यतैतिर गएको छ । हामी भरमग्दुर प्रयास गर्दैछौँ क्रियाशील सदस्यको विषय छिटो टुंग्याऊँ भनेर ।’

महाधिवेशनको मिति नजिकिएसँगै रामचन्द्र पौडेलपक्षीय नेताहरूको दौडधुप बढेको छ । बिहीबार नै काठमाडौंस्थित अनुपम फुडल्यान्डमा पौडेलपक्षीय नेताहरूले बैठक गरेका थिए । रामचन्द्र पौडेल, शशांक कोइराला, शेखर कोइराला, मीनेन्द्र रिजाललगायतका नेताहरूसहितको बैठकमा पनि पार्टीको क्रियाशील सदस्य कसरी टुंग्याउने भन्ने विषयमा नै छलफल भएको कोइरालाले बताए । क्रियाशील सदस्य टुंगो नलगाई महाधिवेशनमा जान नसकिने उनको भनाइ छ ।

 

कस्ले हाँक्ला त नवलपुर काङ्ग्रेसको बागडोर ?

प्रकाशित : २०७८ असार २४ गते १८:२७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI