थप २, २३९ जनामा कोरोना संक्रमण, २० जनाको मृत्‍यु

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार २५ गते १७:०९
थप २, २३९ जनामा कोरोना संक्रमण, २० जनाको मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टामा २, २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

६ हजार ६५७ पीसीआर परीक्षण गर्दा १ हजार ४७९ जना र ४ हजार ६५६ एन्टिजेन परीक्षण गर्दा ७६० गरी २ हजार २३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने १ हजार ३१६ जना निको भएका छन् ।

शुक्रबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ५२ हजार ८५९ पुगेको छ । तीमध्ये ९ हजार ३४० जनाको मृत्यु भएको छ भने ६ लाख १६ हजार ९२९ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ५९० जना रहेका छन् । जसमध्ये २३ हजार ९२० जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ६७० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५३९ जना आईसीयू र १६६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

प्रकाशित : २०७८ असार २५ गते १७:०९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI