पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार २७ गते ६:३७
पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना

पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो पाँचवटा प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको छ । प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागले आज राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।  प्रदेश १, वाग्मती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेका पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जनाएको विभागले नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन÷यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

शनिबार काठमाडौं उपत्यकामा भएको भारी वर्षाका कारण विभिन्न ठाउँमा डुबान भएको थियो भने सवारी आवगमनमा समस्या भएको थियो । धोवी खोला किनारका कतिपय घरमा पानी पसेको थियो ।

प्रकाशित : २०७८ असार २७ गते ६:३७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI