No ads found for this position

युरोकप फाइनलःइङ्गल्याण्ड र इटाली प्रतिस्पर्धा गर्दै

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार २७ गते १२:४३
No ads found for this position
युरोकप फाइनलःइङ्गल्याण्ड र इटाली प्रतिस्पर्धा गर्दै
No ads found for this position

काठमाडौं । युरोकप फुटबलको १६ औं संस्करणको उपाधि छिनोफानो आइतबार राति हुँदैछ । राति नेपाली समयअनुसार १२ः४५ बजे लण्डनस्थित वेम्ब्ली स्टेडियममा घरेलु टिम इङ्गल्याण्ड र इटाली प्रतिस्पर्धा गर्दैछन् ।

सेमिफाइनलमा इटालीले स्पेनलाई पेनाल्टी सुटआउटमा र इङ्गल्याण्डले डेनमार्कलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन् ।

इटाली दोस्रो उपाधि जित्ने लक्ष्यमा छ भने इङ्गल्याण्डले पहिलो उपाधि जित्न चाहन्छ । इङ्गल्याण्ड करियरको पहिलो पटक फाइनलमा पुगेको हो । सन् १९६६ को विश्वकप जितेपछि पहिलो पटक इङ्गल्याण्ड कुनै पनि महत्वपूर्ण प्रतियोगिताको फाइनलमा पुग्न सफल भएको हो ।

इङ्गल्याण्ड र इटालीबीच हालसम्म २७ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा इटाली हाबी हुँदै आइरहेको छ ।

इटालीले ११ खेल जितेको छ । इङ्गल्याण्डले ८ खेल जितेको छ । दुई टिमबीचको ८ खेल बराबरी  भएको छ ।

युरोकपको इतिहासमा रेकर्ड राख्ने इङ्गल्याण्डलाई मौका
उपाधि जिते इङ्गल्याण्डले रेकर्ड राख्नेछ । इङ्गल्याण्ड युरोकपको फाइनल खेल्ने १३ औं राष्ट्र हो । जसमा अहिलेसम्म १० राष्ट्रले उपाधि जितेका छन् ।

अर्थात् अहिलेसम्मको १५ औं संस्करणसम्म १० राष्ट्रले मात्र उपाधि जितेका छन् । जसमा जर्मनी र स्पेनले ३–३, । फ्रान्सले २ तथा इटाली, रुस, चेक गणतन्त्र, डेनमार्क, ग्रीस, नेदरल्याण्ड्स र पोर्चुगलले १–१ पटक उपाधि जितेका छन् ।

इङ्गल्याण्ड ११ औं राष्ट्र बन्न सक्छ । घरेलु मैदानमा यो सुनौलो रेकर्ड इङ्गल्याण्डले राख्न सक्छ ।

के भन्छन् प्रशिक्षकहरु ?
इटालीका मुख्य प्रशिक्षक रोबर्टो मान्सिनीले यो उपाधिका लागि लामो समयदेखि अभ्यास गरिरहेको भन्दै उपाधि आफूहरुले नै जित्ने दाबी गर्छन् । हुन पनि इटालीले ३३ खेलमा अपराजित यात्रा कायम गर्दै आइरहेको छ ।

त्यसैले पनि इटाली प्रमुख दादेदार हो । मान्सिनीले भनेका छन्, ‘हामीले धेरै वर्षदेखि यसका लागि काम गरिरहेका छौँ । त्यसैले हामी धेरै खुशी छौं र खेलाडीहरुलाई यस कामका लागि धन्यवाद दिन चाहन्छु ।’ उनले आइतबार जित हासिल गरेरै छाड्ने दृढता व्यक्त गरेका छन् ।

इङ्गल्याण्डका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले पनि इटालीलाई पराजित गर्दै उपाधिको खुशी घरभित्रै राख्ने योजना बनाएका छन् । उनी भन्छन्, ‘हामी फाइनलमा छौँ भन्ने तथ्यलाई हामीले रमाइलो गर्यौं । तर हामीलाई अर्को एक ठूलो अवरोध छ । इटाली उत्कृष्ट टिम हो ।’

तर उनले आफूले ठूलो खेललाई हेरिरहेको भन्दै सम्पूर्ण इङ्गल्याण्डवासीलाई निराश हुन नदिने योजना बनाइरहेको बताउँछन् ।

प्रकाशित : २०७८ असार २७ गते १२:४३
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI