माधव नेपालले गठबन्धनको साथ छाड्ने, देउवाले भोलि सानो मन्त्रिपरिषद् विस्तार गर्ने

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार २८ गते २०:४०
माधव नेपालले गठबन्धनको साथ छाड्ने, देउवाले भोलि सानो मन्त्रिपरिषद् विस्तार गर्ने

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू गठबन्धनमा नरहने गठबन्धनका दुई नेतालाई जानकारी दिएका छन् । एमाले पार्टी एकताको तयारीमा रहेको र गठबन्धनमा रहेर निरन्तरता दिन नसक्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सोमबारको गठन्धनको बैठकमा बताएको स्रोतले बतायो ।

आइतबार राति साढे १० बजे दुई एमालेबीच भएको १० बुँदे सहमतिअनुसार अब आफू एमाले एकताका लागि कार्यदलले गरेको सहमति अनुसार अघि बढ्ने र गठबन्धनबाट बाहिरिने निर्णय गरेको दुवैलाई उनले जानकारी गराए।

आफू विपक्षी गठबन्धन आबद्ध नभए पनि संविधान, लोकतन्त्र र गणतन्त्रका पक्षमा आफ्नो समूह आबद्ध भएको र प्रतिनिधि सभा पुनर्स्थापना भएसँगै आफ्नो सहभागिता पनि अन्त्य भएको उनले बताएका छन् ।

साथै, प्रधानमन्त्री बन्न लागेका देउवालाई कार्यकालको शुभकामना पनि नेता नेपालले दिएका छन् ।

यता, नेपाली कांग्रेसका नेता बालकृष्णा खाँणका अनुसार सर्वाेच्च अदालतको सोमबारे फैसलासँगै भोलि देउवा नेतृत्वको सरकारले सानो मन्त्रिपरिषद् विस्तार गर्ने गठबन्धनको बैठकमा निर्णय भएको छ ।

नेता खाँणका अनुसार भोलि सानो मन्त्रिपरिषद् विस्तार गरिने र त्यसपछि थप गर्दै गइनेछ र यसअघि बैठक बसिनेछ ।

प्रकाशित : २०७८ असार २८ गते २०:४०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI