कांग्रेसबाट खाण र कार्की, माओवादी केन्द्रबाट शर्मा र भुसाल मन्त्री बन्ने

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार २९ गते १८:२७
कांग्रेसबाट खाण र कार्की, माओवादी केन्द्रबाट शर्मा र भुसाल मन्त्री बन्ने

कांग्रेसबाट बालकृष्ण खाण  र ज्ञानेन्द्रबहादुर कार्की मन्त्री बन्ने भएका छन् । पूर्वरक्षामन्त्री खाण र पूर्वअर्थमन्त्री कार्की दुवै कांग्रेस सभापति शेरबहादुर देउवानिकट हुन् ।

खाणले गृह मन्त्रालय र कार्कीले कानुन मन्त्रालय सम्हाल्ने कांग्रेसका एक नेताले बताए ।

स्वास्थ्यमन्त्रीमा गगन थापालाई नियुक्त गर्न कांग्रेसभित्रैबाट दबाब बढेको छ ।

माओवादी केन्द्रबाट जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बन्ने भएका छन् । शर्माले अर्थ र भुसालले ऊर्जा मन्त्रालय सम्हाल्ने बताइएको छ ।

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार नै शपथ लिँदै छन् । प्रधानमन्त्रीको शपथपछि मन्त्रीहरूको शपथ हुनेछ ।

प्रकाशित : २०७८ असार २९ गते १८:२७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI