माधव नेपालले आत्मालोचना, गल्ती कमजोरी स्वीकार गर्ने ठाउँ छैन : ओली

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार ३० गते १६:१५
माधव नेपालले आत्मालोचना, गल्ती कमजोरी स्वीकार गर्ने ठाउँ छैन : ओली

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले)मा माधवकुमार नेपालले आत्मालोचना समेत गर्ने कुनै स्थान नभएको बताउनुभएको छ । बुधबार आफ्नो निजी निवास बालकोट फर्किनुभएका ओलीले पार्टीमा माधव नेपालको हकमा अत्मालोचन गर्ने कुनै ठाउँ नै नरहेको बताउनुभएको हो ।

अरुको पछाडि लाग्नेहरुको सन्दर्भमा कमी कमजोरी महसुस गरेर पार्टीमा आएर काम गर्न आए मौका दिने तर, माधव नेपालको हकमा आत्मालोचना, गल्ती कमजोरी स्वीकार नगरिने धारणा राख्नुभयो ।

उहाँले आफूलाई जालझेल गरेर हटाइएको भन्दै त्यसको अगुवाइ माधव नेपाल गरेको आरोप लगाउनुभयो । देशको विकास गरेर, राष्ट्रलाई एकजुट बनाएर, संविधान कार्यान्वयन गराएर, सर्वस्वीकार्य बनाएर, विकास अगाडि बढाएर अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि अगाडि बढाएर अघि बढ्दा विरोधीहरुले आफूलाई अटाएको उहाले बताउनुभयो ।

ओलीले सर्वोच्च अदालतले जनताको अधिकार खोसेको र अदालतले नै प्रधानमन्त्री छानेर जात्रा देखाएको तर्क गर्नुभयो । ओलीले अदालतमा निवेदन हालेर सँधै सरकार नपाइने समेत बताउनुभयो । बालुवाटारबाट प्रहरीको स्कर्टिङसहित निस्कनुभएका ओलीलाई युवा संघले जुलुससहित बालकोट पुराएको थियो ।

 

बालकोट पुग्दा ओलीको स्वागत गर्दै कार्यकर्ताहरुले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल विरुद्ध नारा लगाएका थिए । बालकोटमा ओलीको स्वागतमा ब्यान्ड बाजा बजाउनुको साथै एमाले कार्यकर्ताहरुले स्वागत गरेका थिए ।

 

प्रकाशित : २०७८ असार ३० गते १६:१५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI