प्रधानमन्त्री देउवा आज बालुवाटारको सरकारी निवासमा सर्दै

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन १ गते ८:२०
प्रधानमन्त्री देउवा आज बालुवाटारको सरकारी निवासमा सर्दै

प्रधानमन्त्री शेरबहादुर देउवा आज बालुवाटारस्थित सरकारी निवासमा सर्दैछन् । उनी आज बिहान १० बजे बालुवाटारस्थित निवासमा सर्न लागेको उनको सचिवालयले जनाएको छ ।

गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवा बुढानीलकण्ठस्थित निजी निवासमा बस्दै आएका छन् । ‘आज साउने संक्रान्तिको दिन पनि पर्यो, सामान्य पूजापाठ गरेर उहाँ बालुवाटार निवास सर्नुहुन्छ,’ स्रोतले भन्यो ।

देउवा मंगलबार साँझ प्रधानमन्त्री नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारस्थित सरकारी निवास छाडेर बालकोटस्थित निजी निवासमा सरेका थिए ।
प्रकाशित : २०७८ साउन १ गते ८:२०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI