कांग्रेस पदाधिकारी बैठक आज बस्दै

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन १ गते ८:२७
कांग्रेस पदाधिकारी बैठक आज बस्दै
sf7df8f}F, !! h]7 M g]kfnL sfFu|]; kf6L{sf] kbflwsf/L a}7s cfOtaf/ kf6L{ s]lGb|o sfof{no nlntk'/sf] ;fg]kfdf ;efklt z]/axfb'/ b]pjfsf] cWoIftfdf a:b} . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ । दिउँसो २ बजेका लागि बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । हिजो बस्ने भनिएको बैठक आज बस्न लागेको हो ।

पदाधिकारी बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरूबारे छलफल गर्ने तयारी छ । कांग्रेसबाट बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्कीलाई मन्त्री बनाए पनि बाँकी मन्त्रीमा क–कसलाई पठाउने भन्ने निर्णय हुन बाँकी छ ।

मन्त्री बन्ने आकांक्षीहरु धेरै भएपछि नाम टुङ्गो लगाउन पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई कठिन हुने देखिएको छ । देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग छलफलबाटै क–कसलाई मन्त्री बनाउने टुंगो लगाउने बचन दिएका थिए ।

सबै पक्षलाई समेटेर मन्त्री बनाउनु पर्ने भएकाले यसमा सबैलाई चित्त बुझाएर निष्कर्षमा पुग्न उनलाई सहज छैन ।

यस्तै पदाधिकारी बैठकमा पार्टीको आशन्न १४ औं महाधिवेशन र क्रियाशील सदस्यता वितरणमा देखिएका विवादबारे छलफल गर्ने कार्यसूचि रहेको छ ।

कांग्रेसले भदौ १६–१९ गतेसम्म महाधिवेशन गर्ने घोषणा गरिसकेको छ ।

प्रकाशित : २०७८ साउन १ गते ८:२७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI